पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर | Khabarhub Khabarhub

पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको लाहोर शहर र भारतको नयाँ दिल्लीमा लगातर प्रदूषण बढेपछि वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा पुगेको छ ।

लाहोरको गुणस्तर सूचकांक सोमबार ४८५ एक्यूआइ रहेको छ भने नयाँ दिल्लीको एक्यूआई ४३७ रहेको छ, जुन प्रदुषणको गम्भीर अवस्था हो ।

भारतको राष्ट्रिय राजधानी दिल्लीसहित उत्तर प्रदेश, हरियाणा र राजस्थानका पाँच प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकांक ३०० नाघेको छ ।

सबैभन्दा खराब अवस्था दिल्लीको रहेको छ, जहाँ सोमबार बिहान वायुको औसत गुणस्तर ४ सय नाघेको छ ।

आइतबार दिल्ली बाहेक,उत्तर भारतका प्रमुख शहरहरू जहाँ एक्यूआई ३०० भन्दा बढी थियो । जहाँ हरियाणाको बहादुरगढ ३३५ र सोनीपतको ३२१, यूपीको मुजफ्फरनगर ३०२ र राजस्थानको श्रीगंगानगरको ३२७ रहेको थियो ।

बुधबारसम्म राजधानीको हावा अत्यन्त कमजोर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार हावाको गति प्रतिघण्टा ५ देखि १५ किलोमिटर रहेको थियो ।

अबको दुई–तीन दिन यस्तै अवस्था रह्यो भने वायुको गुणस्तरमा सुधार आउने आशा कमै छ । साथै बिहान हल्का कुहिरो लाग्ने सम्भावना रहेको छ ।

भारतको नयाँ दिल्लीमा पियुसी नभएका ५४ हजार सवारी साधनलाई जरिवाना गरिएको छ ।

अक्टोबर १५ देखि ३१ सम्म राष्ट्रिय राजधानी र आसपासका क्षेत्रमा वायु प्रदूषण नियन्त्रण गर्ने मापदण्ड लागू नगरेको भन्दै ५६ निर्माण तथा भत्काउने स्थल बन्द गरिएको छ।

त्यहाँ ५ सय ९७ साइटलाई जरिवाना गरिएको छ । यस अवधिमा वैध प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) नभएका ५४ हजार सवारीसाधनलाई जरिवाना समेत गरिएको छ भने उमेर हद नाघेका ३ हजार ९ सय सवारी साधन जफत गरिएको छ ।

दिल्ली-एनसीआरमा वायु गुणस्तर सुधार गर्न गठित केन्द्रीय प्यानल एयर क्वालिटी म्यानेजमेन्ट आयोगले आइतबार एक विज्ञप्तिमा यो जानकारी दिएको हो। आयोगले एनसीआरभर अवैध डम्पिङ साइटहरूको लागि ५ हजार ३०० भन्दा बढी गहन निरीक्षण गरिएको बताएको छ ।

आइतबार पञ्जाबमा पराल जलाउने २१६ घटनाहरू रिपोर्ट गरिको मिडिया रिपोर्टमा उल्लेख छ । पञ्जाब रिमोट सेन्सिङ सेन्टरको तथ्याङ्क अनुसार, सेप्टेम्बर १५ देखि अहिलेसम्म सम्म राज्यमा कुल ४ हजार १३२ पराल जलाउने घटनाहरू रिपोर्ट गरिएको छ ।

अर्कोतर्फ पाकिस्तानका शहरहरुमा पनि प्रदुषणको तह गम्भीर अवस्थामा पुगेको छ । मुल्तानको सोमबार बिहानको एक्यूआर ५२९ पुगेको छ भने लाहोरको ४५८ पुगेको छ । त्यस्तै पेशावरको १८० र रावलपिंडीको १७० एक्यूआइ पुगेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : २७ बजे

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (तस्बिरहरू)

काठमाडौँ– जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् ।

बाघको आक्रमणबाट महिनामा चार जनाको मृत्यु

बारा– बाघको आक्रमणबाट बारामा एक महिनामा चार जनाको मृत्यु भएको

संसद भवनको चारैतिर जेनजी प्रदर्शनकारी, प्रहरीले सकेन रोक्न

काठमाडौं– जेनजी पुस्ताका प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनलाई चारैतिरबाट घेरेर भित्र

बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरी घाइते

काठमाडौं– जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त

बैतडीमा बञ्चरो प्रहार गरी काकीको हत्या

दशरथचन्द– बैतडीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको