उत्तारखण्डको अल्मोडामा यात्रु बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु « Khabarhub

उत्तारखण्डको अल्मोडामा यात्रु बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

अल्मोडा- भारतको उत्तराखण्ड राज्यमा सोमबार बिहान एउटा यात्रुबस दुर्घटना हुँदा कम्तीमा पनि २२ जनाले ज्यान गुमाएका छन् । उत्तराखण्डको अल्मोडास्थित मार्चुलामा यात्रीले भरिएको बस अनियन्त्रित भएर खोँचमा खसेको हो ।

स्थानीयबासीको सहयोगमा अहिले घाइतेहरू र मृतकलाई बाहिर निकालिँदैछ ।अल्मोडा जिल्ला आपदा प्रबन्धन अधिकारी विनीत पालले बीबीसीलाई बताएअनुसार दुर्घटनामा अहिलेसम्म २२ जनाको ज्यान गइसकेको छ ।

बस दुर्घटनामा अन्य १५ जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । यो बस रामनगर गइरहेको थियो, जो सल्टनजिकै कोपी नामको स्थानबाट खोँचमा खसेको हो ।

अल्मोडाको सल्ट इलाका एसडीएम अधिकारी सञ्जय कुमारले बताएअनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूको शव अहिले निकालिँदैछ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अल्मोडामा बस दुर्घटनाबारे सचिव आपदा प्रबन्धन, आयुक्त कुमाऊँ मण्डल र डीएम अल्मोडासँग फोनमा कुरा गरेर जानकारी लिएका छन् । धामीले उद्धार र उपचारलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

दुर्घटनापछि एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थल पुगेको छ । दुवै टोलीले घटनास्थलमा उद्धार र ज्यान जोगाउने कोसिस थालिसकेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री धामीले पौडी र अल्मोडाका एआरटीओ अधिकारीलाई निलम्बन गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई जनही चार लाख रुपैयाँ र घाइतेलाई उपचारका लागि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १२ : ४० बजे

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित