मुस्ताङको रेस्टुरेन्टमा जुवाखाल : साढे ८ लाखसहित १२ जना समातिए « Khabarhub

मुस्ताङको रेस्टुरेन्टमा जुवाखाल : साढे ८ लाखसहित १२ जना समातिए


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुस्ताङस्थित एउटा रेस्टुरेन्टमा जुवाखाल जमाइरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेस्टुरेन्टबाट उनीहरूलाई साढे ८ लाख रूपैयाँसहित पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगद बरामद भएको छ । त्यसैगरि ८ बुक तास पनि बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई मंगलबार कार्यालय खुलेपछि म्याद थप गरेर अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताएका छन् ।

को को पक्राउ परे ?
१. ५० वर्षीय सुरज लालचन

२. ५६ वर्षीय राजु लालचन

३. ५० वर्षीय जेम्स हिराचन

४. ५३ वर्षीय गुञ्ज हिराचन

५. ६० वर्षीय दलबहादुर हिराचन

६. ५० वर्षीय विश्व लालचन

७. ५९ वर्षीय आइत ज्वारचन

८. ३८ वर्षीय समिर ज्वारचन

९. ५० वर्षीय कविन ज्वारचन

१०. ६५ वर्षीय यामप्रसाद मगर

११. ४० वर्षीय सन्तोष लालचन

१२. ६० वर्षीय कमल हिराचन

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १२ : ५९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६