ट्रम्प र ह्यारिसमा को पुग्ला ह्वाइट हाउस ? यसो भन्छन् अमेरिकी मतदाता | Khabarhub Khabarhub

ट्रम्प र ह्यारिसमा को पुग्ला ह्वाइट हाउस ? यसो भन्छन् अमेरिकी मतदाता

स्विङ स्टेट बन्दैछन् दुवैका लागि निर्णायक


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । अमेरिकामा हुने यस निर्वाचनबारे संसारभर चासो छ । कूल ५३८ इलेक्ट्रोल मतमध्ये ह्वाइट हाउस प्रवेशका लागि २७० इलेक्ट्रोल आवश्यक छ ।

विगतमा मत दिइरहेका राज्यहरूको मत यथावतै रहँदै अहिलेको मत सर्वेक्षणअनुसार सबै हुने हो भने कूल मतदानमा ह्यारिसको पकड देखिए पनि इलेक्ट्रोल मतमा ट्रम्प अघि रहन सक्ने छन् ।

यस निर्वाचनलाई लिएर बारम्बार सर्वेक्षण भएका छन् । सर्वेक्षणमा समय समयमा केही ट्विस्ट देखिएको छ । जुलाई महिनामा डेमोक्र्याट उम्मेदवार तथा वर्तमान राष्ट्रपति जो बाइडेनले उम्मेदवारी त्याग गर्दा ट्रम्प अघि थिए । त्यसपछि भएको सर्वेक्षणमा ह्यारिस अघि देखिएकी छिन् । परन्तु, अहिले दुवै बराबरको अवस्थामा छन् ।

एआईको आधारमा तयार गरिएको एउटा आँकडाअनुसार ८५ प्रतिशतले धेरैअघि मतदान दिने व्यक्ति तय गरेका थिए । बाँकी १५ प्रतिशतबीचमै अहिले उथलपुथल भएको छ ।

अहिलेसम्मको अवस्थामा २ प्रतिशतले मात्रै निर्णय गर्न बाँकी छ । निर्णय गरेकामध्ये ९ प्रतिशतको सम्भावना मत फेरिन पनि सक्ने छ । मत दिने निर्णय गरिसकेका मध्य ७० प्रतिशत निर्वाचनमा सरिक हुन उत्सुक छन् । मत दिने निर्णय बाँकीमध्ये २७ प्रतिशतको मात्रै रुचि छ । अन्यमा खासै उत्साह छैन ।

अर्ली भोटिङमा ह्यारिस अगाडि

अमेरिकामा अर्ली भोटिङको व्यवस्था पनि छ । अहिलेसम्मका मतदानमा ह्यारिस अगाडि छिन् । २० देखि २२ अक्टोबरबीचमा भएको सर्वेक्षण अनुसार त्यस समयमा २० प्रतिशतले मतदान गरिसकेका थिए । यसरी गरिएका मतदानको ६१ प्रतिशत ह्यारिस तथा ३६ प्रतिशत मात्र ट्रम्पको पक्षमा थिए । मतदान बाँकी रहेकामध्ये ५० प्रतिशत ट्रम्पको पक्षमा तथा ४४ प्रतिशत ह्यारिसको पक्षमा थिए ।

अहिले मत दिने धेरैमा बाइडेन प्रशासनप्रति गुनासो छ । ट्रम्पको विगतप्रति पनि आकर्षण छैन । धेरै अमेरिकीको गुनासो आर्थिक अवस्थाकै कारण हो । ४९ प्रतिशले गत वर्ष भन्दा यस वर्ष आर्थिक अवस्था खराब रहेको बताइरहेका छन् ।

१६ प्रतिशत मात्रै यस वर्षको आर्थिक अवस्थाबाट खुसी छन् । गत वर्ष निराशा ४१ प्रतिशतमा थियो भने २२ प्रतिशतमा उत्साह थियो । तसर्थ बाइडेन प्रशासनप्रति अमेरिकी खुसी हुन सकिरहेका छैनन् ।

सन् २००८ को समयपछि राष्ट्रपति निर्वाचनअघि सबैभन्दा कम ३८ प्रतिशत सत्ताबाट खुसी थिए । उक्त समयमा आर्थिक समस्या निम्तिनुको कारण इराक युद्ध थियो । अहिले ३२ प्रतिशत मात्रैमा सन्तुष्टि छ । बाइडेनलाई मन नपराउने १९ प्रतिशत ह्यारिसको पक्षमा खुलिसकेका थिए ।

यसअघि सन् १९८८ मा गरिएको सर्वेक्षणमा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनप्रति असन्तुष्ट हुने पनि जर्ज डब्लु बुसको पक्षमा मत दिन तयार थिए । सन् २००० मा बिल क्लिन्टनसँग असन्तुष्ट ९ प्रतिशतले पनि तत्कालीन उपराष्ट्रपति एलगोरलाई साथ दिएका थिए ।

व्यक्तिगत स्वभावमा चासो

अहिले अमेरिकामा मतदाताले उम्मेदवारलाई हेर्ने दृष्टिकोणभन्दा बढी विपक्षीप्रतिको नकारात्मक दृष्टिकोण बनेको छ । ह्यारिसलाई मतदान गर्नेहरू उनकै कारणले ५५ प्रतिशत तथा अन्य ट्रम्पप्रति नकारात्मक भएको जनाइन्छ । त्यसो त ट्रम्पलाई मतदान गर्नेहरू ७३ प्रतिशत उनकै समर्थक भएका कारण २७ प्रतिशत ह्यारिसप्रति नकारात्मक भएको कारण जनाउँछन् ।

४३ प्रतिशतले ह्यारिस आममानिसबारे ख्याल राख्ने ठहर गरेका छन् । ट्रम्पप्रति उक्त विश्वास राख्नेको मत ३७ प्रतिशत मात्रै छ । ४१ प्रतिशतले ह्यारिसलाई विश्वास गर्नलायक ठानेका छन् । ट्रम्पप्रति यस्तो दृष्टिकोण राख्नेको मत २९ प्रतिशत मात्रै छ । राष्ट्रबारे ध्यान दिने सवालमा ह्यारिसप्रति ४५ प्रतिशत छ भने ट्रम्पप्रति ३९ प्रतिशत छ ।

यसैगरी ट्रम्पले देशलाई परिवर्तन गर्ने विश्वास ४४ प्रतिशतको छ भने ३८ प्रतिशतले मात्रै यस सवालमा ह्यारिसप्रति विश्वास गरेका छन् ।

मतदाताको राय अनुसार काम गर्ने कुरामा ट्रम्पप्रति ४३ तथा ह्यारिस प्रति ३९ प्रतिशतको विश्वास छ । १६ प्रतिशतले दुवै उम्मेदवारले सही विधेयक ल्याउने कुरामा अविश्वास गरेका छन् । २९ प्रतिशतले दुवैलाई इमानदार मान्न सकेका छैनन् । १९ प्रतिशतले दुवै उम्मेदवारहरू आफूहरूप्रति सचेत नहुने जनाएका छन् ।

यसरी दुवै उम्मेदवारलाई विश्वास गर्न नसक्नेमध्ये ५८ प्रतिशतले ट्रम्पलाई मत दिने बताएका छन् भने २५ प्रतिशत ह्यारिसको पक्षमा छन् । दुवैले देशको अवस्था परिवर्तन गर्न सक्ने छैनन् भन्ने सोच राख्नेमध्ये ५२ प्रतिशत ह्यारिसको पक्षमा मतदान गर्न तयार छन् भने २३ प्रतिशत ट्रम्पको पक्षमा छन् । कुनै दृष्टिकोण नभएको ठान्नेमध्ये ५० प्रतिशत ह्यारिसको पक्षमा तथा २७ प्रतिशत ट्रम्पको पक्षमा छन् ।

ट्रम्पलाई मत नदिनेहरू ५६ प्रतिशत धैर्यता नभएको ठहर गर्छन् । यसैगरी, ५१ प्रतिशतले उनीमाथि लागेको अपराधको आरोपले वाक्क छन् । ५० प्रतिशतको नजरमा ट्रम्प राष्ट्रपति भएमा विपक्षप्रति धेरै आक्रामक हुन सक्छन् । ४६ प्रतिशतले उनको मानसिक तथा शारिरिक स्वास्थ्य नै राष्ट्रपति हुन अयोग्य ठहर गरेका छन् ।

उनी व्यापारी भएका कारण ४२ प्रतिशतलाई मन परेको छ भने ३९ प्रतिशतलाई मन परेको छैन । ४५ प्रतिशतले ह्यारिसलाई धैर्य वान भएका कारण मत दिने रुचि देखाएका छन् ।

४९ प्रतिशत उनको मानसिक तथा शारिरिक स्वास्थ्यका कारण मत दिन इच्छुक देखिएका छन् । उनको उपराष्ट्रपति कार्यकाल हेर्नेहरू भने धेरै सकारात्मक हुन सकेका छैनन् । ४६ प्रतिशतले उनलाई मत नदिनुको एउटा कारण त्यो पनि भएको जनाएका छन् ।

२६ प्रतिशत उनको त्यसै भूमिकामा खुसी भएर मत दिन तयार भएका छन् । अधियोजकको रूपमा उनको भूमिकामा ३३ प्रतिशत खुसी छन् भने ३२ प्रतिशत निराश छन् । ३५ प्रतिशतलाई चासो छैन ।

उनलाई मत दिन तयार भएकाहरूको हकमा ६५ प्रतिशतका लागि अमेरिकामा पहिलो महिला राष्ट्रपतिको इतिहास बन्नु महत्त्वपूर्ण कुरा हो । यसैकारण महिलाहरूको मत पनि ह्यारिसको पक्षमा धेरै छ ।

को बढी डाइनामिक ?

गत महिनादेखि उनीहरू दुईजना कत्ति डाइनामिक भन्ने विषयले महत्त्व पाएको थियो । ५० प्रतिशतले ट्रम्पले देशको अर्थतन्त्र सम्हाल्न सक्ने विश्वास गरेका छन् । ह्यारिसमाथि यो विश्वास ३७ प्रतिशतको मात्र छ । आप्रवासी समस्या समाधान गर्न सक्ने कुरामा ट्रम्पप्रतिको विश्वास ५० प्रतिशत छ । ह्यारिसप्रति यो विश्वास ३४ प्रतिसतको मात्र छ ।

वैदेशिक नीति राम्रोसँग नियन्त्रण गर्न सक्ने विषयमा ट्रम्पप्रति विश्वास ४८ प्रतिशतको छ भने ३८ प्रतिशतको मात्र ह्यारिस प्रति विश्वास छ ।

गर्भपतन र प्रजनन स्वास्थ्यको विषयमा ५२ प्रतिशतले ह्यारिसप्रति विश्वास गरेका छन् । ३१ प्रतिशतले मात्र ट्रम्पप्रति विश्वास गरेका छन् । प्रजातन्त्र रक्षाको सवालमा ह्यारिसप्रति ४५ तथा ट्रम्प प्रति ४१ प्रतिशतको विश्वास छ ।

अहिले यी सबै मुद्दाका बाबजुद ट्रम्प विजयी भएमा आप्रवासी मुद्दाका कारण र ह्यारिस विजयी भए गर्भपतनको अधिकारको मुद्दाका कारण हुने कुरामा शङ्का छैन ।

४५ प्रतिशत स्वतन्त्रले ह्यारिस तथा ४१ प्रतिसतले ट्रम्पलाई मत दिने तयारी गरेका छन् । आफ्नो दलका शुभेच्छुक मध्य ह्यारिसले ९३ तथा ट्रम्पले ९२ प्रतिशत मत पाउने देखिएको छ ।

महिलाहरू ५० प्रतिशत ह्यारिस तथा ४४ प्रतिशत ट्रम्पको पक्षमा छन् । युवा मतदातामा ५१ प्रतिशतमा ह्यारिस तथा ४१ प्रतिशतमा ट्रम्पको प्रभाव छ । अश्वेत मतदाता ७९ प्रतिशत ह्यारिस तथा ट्रम्पको पक्षमा १३ प्रतिशत मतदाता देखिएका छन् । ल्याटिनोमध्ये ट्रम्पको पक्षमा ५४ तथा ह्यारिसको पक्षमा ३७ प्रतिशत मत छ ।

अर्धग्रामीण क्षेत्रमा ह्यारिसको पक्षमा ५२ तथा ट्रम्पको पक्षमा ४४ प्रतिशत मत छ । अर्धग्रामीण भेगमा महिलाको मत ५५ तथा ह्यारिसको पक्षमा ४१ प्रतिशत मत छ ।

पुरुष मतदातामा ट्रम्पको पक्षमा ५१ तथा ह्यारिसको पक्षमा ४५ प्रतिशत छ । मूल सहरभन्दा टाढाको बस्तीबाट ६४ प्रतिशत ट्रम्प तथा ३१ प्रतिशत मत ह्यारिसको पक्षमा रहने निश्चित छ ।

सन् २०२० मतदान नगरेकाहरूले यस पटक ५० प्रतिशतले ह्यारिस तथा ४० प्रतिशतले ट्रम्पको पक्षमा मतदान गर्दै छन् । यो सबै सर्वेक्षणको आधारमा दुवैको समान अवसर भए पनि अन्तिम दिन स्विङ स्टेटमा दुवैको ध्यान केन्द्रित भएको छ ।

यसमध्ये पनि १९ इलेक्ट्रोल मत भएको पेनेसेल्भिनिया निर्णायक हुन सक्छ । ह्यारिसको मुख्य चासो पेनेसेल्भिनिया, विन्सकिन्सन र मिचिगनमा जित हात पार्ने हो ।

त्यही जितले उनलाई ह्वाइट प्रवेशको बाटो खुल्ने छ । ट्रम्पको हकमा यी ३ का साथै जर्जियामा पाउने सफलता नै ह्वाइट हाउस प्रवेश गर्ने बाटो हुन सक्छ ।

सीएनएन र बीबीसीको सहयोगमा

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : ०५ बजे

मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागमती – काठमाडौं–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडकखण्डअन्तर्गत मकवानपुरको बकैया

एमाले सचिवालय बैठक मङ्गलबार बस्ने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान

काठमाडौं – निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ

बढी धान उत्पादन गर्ने तीन किसान पुरस्कृत

दाङ – राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने

पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौं – मंसिर २८ गते हुने पत्रकार महासंघको केन्द्रिय निर्वाचनका