भारतमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, मृतकको पहिचान हुन बाँकी « Khabarhub

भारतमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, मृतकको पहिचान हुन बाँकी


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरी अधिकारीका अनुसार  दुर्घटना उत्तराखण्ड  राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे भएको थियो । मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो ।

दुर्घटनामा  घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने घटनास्थलमा उद्धार टोली तैनाथ गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय रहेका छन् । पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ  भने घाइतेहरूलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा लगिएको छ । 

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : ०६ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६