रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै « Khabarhub

रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई भोलि सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।

बुधबार बेलुका नै रविको बयान सकिएको भएपनि बिदा भएका कारण सोमबार अदालतमा उपस्थित गराइने भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

सहकारी ठगीसम्बन्धीमा प्रहरीले लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ  गरेको थियो । हिरासतमा भएकाले उनले यो पटक भाइटीका लगाउन नपाएको रास्वपा नेता दीपक बोहोराको भनाइ छ । 

बोहोराका अनुसार रविलाई शुभेच्छुक र दुई जना दिदीहरूले फोटोमै टिका लगाएका छन् । उनी हिरासत रहँदा विभिन्न पुस्तकहरूको अध्ययन  गरिरहेको रास्वपा नेताहरूको भनाइ छ । 

रविको बयान सकिएपछि उनीसँग जोडिएका अन्य व्यक्तिहरूको विषयमा पनि प्रहरीले अध्ययन अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : १५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर