पाकिस्तान सरकारले सुरक्षा दिन नसकेको भन्दै प्रदर्शन « Khabarhub

पाकिस्तान सरकारले सुरक्षा दिन नसकेको भन्दै प्रदर्शन


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रदर्शनको आयोजना गरिएको छ । स्थानीय फिदा हुसेनको हत्यापछि बलुचिस्तानको बुलेदा क्षेत्रमा प्रदर्शन गरिएको हो ।

बुलेदामा आयोजित प्रदर्शनमा बुलेदासहित मेनाज, सालो, चुब कोश्कलगायतका स्थानबाट समेत मानिसहरू सहभागी रहेको जनाइएको छ । बैंक लुट्ने क्रममा बन्दुधकारीले सुरक्षा गार्डका रुपमा कार्यरत हुसेनको हत्या गरेका थिए । सो क्षेत्रमा बारम्बार हिंसात्मक घटना हुने गरको बलुचिस्तान पोस्टले जनाएको छ ।

सो क्षेत्रमा सरकारी सुरक्षा बलकै आडमा हतियारधारी समूहले हिंसात्मक गतिविधि गर्ने गरेको आरोप लाग्ने गरेको छ । बलोच पहिचान र अस्तित्व मेटाउन सरकारले संस्थागत रूपमै हिंसालाई प्रश्रय दिएको बलोचहरुको हकहितका लागि काम गर्दै आएको बलोच एकजेती कमिटिले आरोप लगाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : ४७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,