प्रतिआतंकवाद निगरानी सूचीमा आफ्नो नाम आएपछि पाकिस्तानी अभियन्ताको आपत्ति « Khabarhub

प्रतिआतंकवाद निगरानी सूचीमा आफ्नो नाम आएपछि पाकिस्तानी अभियन्ताको आपत्ति


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको प्रतिआतंकवाद निगरानी सूचीमा आफ्नो नाम आएपछि बलुचिस्तानकी मानव अधिकारवादी कार्यकर्ता महरंग बलोचले आपत्ति जनाएकी छिन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बलुचिस्तानमा मानव अधिकारबारे अभियान सञ्चालन गरिरहेकी उनले प्रतिआतंकवाद निगरानी सूचीमा आफ्नो नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

पाकिस्तानी संविधानको चौथो अनुसूचीका आधारमा राष्ट्रिय प्रतिआतंकवाद प्राधिकरणले यस्तो सूची जारी गरेको हो । यो सूचीमा महरंग बलोचसहित अर्का अभियन्ता सिबघतुल्लाह शाह जीको नाम पनि समावेश गरिएको छ ।

शान्तिपूर्ण अभियान चलाइरहेका व्यक्तिहरूलाई डर देखाएर प्रभावमा पार्न सेनाको आडमा सरकारले यस सूचीमा आफ्नो नाम उल्लेख गरेको उनको दाबी छ । प्रतिआंतकवाद सूचीमा आफ्नो नाम उल्लेख भएपनि शान्तिपूर्ण अभियानमा आफू लागिरहने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ३ : ०१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको