रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ? « Khabarhub

रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ?


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् ।

सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका रविलाई दोस्रो पटक थपिएको म्याद सकिएको छ । अब तेस्रो म्यादका लागि मंगलबार अदालतमा लगिँदैछ ।

यसअघि नै रविको बयान सकिएकाले मंगलबार कास्की जिल्ला अदालतमा थुनछेकको बहस अघि बढ्न सक्ने छ।

यस्तोमा रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले रविसँग पर्याप्त‌ बयान पनि नलिई नै म्याद‌ थपिरहेको गुनासो गरेकी छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा जनताको प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसकेको समाचार तथा सूचना प्रवाह गरेको दाबीसमेत गरिन ।

कार्कीले निष्पक्ष रुपमा अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई आग्रह गरेकी छन् ।

तोसिमाले के भनिन् ?

‘यता थुनामा राखिरहने,‌ अनुसन्धान पनि नगर्ने,‌ पर्याप्त‌ बयान पनि नलिने अनि म्याद‌ चाहिँ थपिरहने । उता जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आमजनसहभागिता तुहाउन खोज्ने । वा ! गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदै छौँ हामी । थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् । निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस्। दोषी नछुटोस् निर्दोष नफसोस् ।’

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ३ : ०३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार