पाकिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या ४३ पुग्यो « Khabarhub

पाकिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या ४३ पुग्यो


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा यस वर्ष पोलियो सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ । हालै बलुचिस्तान प्रान्तको चगइ जिल्लामा नयाँ बिरामी फेला परेसँगै सङ्क्रमितको कुल सङ्ख्या ४३ पुगेको हो ।

पाकिस्तानको पोलियो उन्मूलन कार्यक्रमका अनुसार क्षेत्रीय प्रयोगशालाले उक्त जिल्लामा वाइल्ड पोलियोभाइरस टाइप–१ का सङ्क्रमित फेला पारेको हो । उक्त जिल्लामा पोलियोका सङ्क्रमित भेटिएको यो पहिलो पटक रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्त पोलियो सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित छ । सो प्रान्तमा पोलियोका २२ जना बिरामी फेला परेका छन् । त्यसैगरी, सिन्ध प्रान्तमा १२ जना, खैबर पख्तुनख्वामा ७ जना तथा पञ्जाब र इस्लामावादमा समान एक जनामा पोलियो सङ्क्रमण पत्ता लागेको छ ।

संसारका प्रायः सबै मुलुकबाट उन्मूलन भइसकेको पोलियो हाल पाकिस्तान र अफगानिस्तानमा मात्रै भेटिने गरेको छ । पाकिस्तान सरकारले पोलियो उन्मूलनका लागि खोप अभियान सञ्चालन गरेपनि खासै प्रभावकारी भने देखिएको छैन ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ३ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको