चिनियाँ जहाजलाई इण्डोनेशियाले फिर्ता पठायो « Khabarhub

चिनियाँ जहाजलाई इण्डोनेशियाले फिर्ता पठायो


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इण्डोनेशियाले दक्षिण चीन सागरको विवादित जलक्षेत्रबाट चिनियाँ तटरक्षक जहाजलाई फिर्ता पठाएको छ । दक्षिण चीन सागरको उत्तरी नतुना जलक्षेत्रबाट इण्डोनेशियाको तटरक्षक बलले चिनियाँ तटरक्षक बलको सीसीजी ५४०२ जहाजलाई फिर्ता पठाएको हो ।

यसअघि पनि विवादित जलक्षेत्रमा उक्त जहाजले प्रवेश गर्ने प्रयास गरेको थियो । इन्डोनेसियाको समुद्री सुरक्षा एजेन्सीले विज्ञप्ति जारी गर्दै आफ्नो मुलुकको मातहतमा रहेको जलक्षेत्रमा प्रवेश गरेपछि चिनियाँ जहाजलाई फिर्ता पठाइएको जानकारी दिएको छ ।

इण्डोनेशियाको राज्यसञ्चालित तेल कम्पनी पेट्रामिनाले उक्त जलक्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चिनियाँ जहाजले हस्तक्षेपको प्रयास गरेको समाचार संस्था एएफपीले जनाएको छ । चीनले दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । यसबाट दक्षिण चीन सागरसँग सीमा जोडिएका प्रायः सबै मुलुकसँग चीनको कूटनीतिक विवाद रहँदै आएको छ ।

इण्डोनेशियाको समुद्री सुरक्षा एजेन्सीले अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो सार्वभौमिकतामा रहेका जलक्षेत्रमा खनिज पदार्थको खोजी गर्न आफ्नो मुलुक सक्षम रहेको स्पष्ट पारेको छ । यस घटनालाई हालैमात्र सरकार सम्हालेका इण्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्ताको कार्यकालको पहिलो परीक्षाका रुपमा विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ३ : ५८ बजे

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको