एउटै फार्मबाट दुई लाखको फूल बिक्री « Khabarhub

एउटै फार्मबाट दुई लाखको फूल बिक्री


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रामपुर – पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो ।

फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताए। तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उनले बताए ।

बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउँछन् । बारी भरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उनको भनाइ छ । फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दैआएको थापाको भनाइ छ ।

प्रतिकिलो फूल  पाँच सय र प्रतिमाला रु एक सय ५० मा बिक्री भएको थापाले बताए। हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ । यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ । स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ । 

गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ । 

भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन् । यहाँ हरेक वर्ष रु दुई लाखदेखि तीन लाख बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताए।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ४ : ५८ बजे

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ

योगेश र गोकुलहरूमाथि कारबाहीको डन्डा चलाउने ओलीको तयारी

काठमाडौं- गत बिहीबार कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्ष

मधेसमा ३०० भन्दाबढीले गरे मतदान (तस्बिरहरू)

जनकपुरधाम– मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ः०० बजेसम्म