देउसीभैलोबाट संकलन भएको पैसाले गाईबाच्छा संरक्षण गरिने « Khabarhub

देउसीभैलोबाट संकलन भएको पैसाले गाईबाच्छा संरक्षण गरिने


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट दुई लाख ४४ हजार तीन सय १६ संकलन भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एकसय रोपनी क्षेत्रफलमा सडकमा छाडिएका गाईबाच्छाको संरक्षण गरिएको छ । दुई सयको स्ख्यामा संरक्षण गरिएको गाईबाच्छाका आहारा जुटाउन देउसीभैलो खेलिएको थियो । 

देउसीभैलोबाट नगद बाहेक पिठो २० बोरा, दाना पाँच बोरा प्राप्त गरेको गाईबाच्छा संरक्षण अभियन्ता भगवान् पुडासैनीले जानकारी दिए। देउसीभैलोमा तीन जनाले आजीवन सदस्यता लिएका छन् । आजीवन सदस्यताबाट रु दुई लाख ५९ हजार तीन सय १६ जम्मा भएको छ । 

 गाईबाच्छा संरक्षण अभियान स्वयंसेवी अभियान हो । यस अभियानमा आवद्धले काठमाडौँ उपत्यकाका सडकमा छाडिएका गाईबाच्छाको उद्धार गरी पुनःस्थापना गर्दै आएका छन् । अभियानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पशु एम्बुलेन्ससमेत उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ५ : ५२ बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार