बार्सिलोनामा भारी वर्षाले दुई सयभन्दा बढीको मृत्यु, रेल सेवा अवरुद्ध « Khabarhub

बार्सिलोनामा भारी वर्षाले दुई सयभन्दा बढीको मृत्यु, रेल सेवा अवरुद्ध


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना– पूर्वी स्पेनमा गत हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सयभन्दा बढी मानिसको ज्यान लिएको थियो । निरन्तर आइरहेको आँधीले सोमबार बार्सिलोनामा पनि वर्षा गराउँदा अधिकारीहरूले यात्रु रेल सेवा स्थगित भएको छ।

स्पेनी यातायातमन्त्री ओस्कार पुएन्टेले नागरिक सुरक्षा अधिकारीहरूको अनुरोधमा उत्तरपूर्वी क्याटालोनियाका ८० लाख जनसङ्ख्या भएको क्षेत्रमा सबै यात्रु रेलहरू स्थगित गरेको बताए।

बार्सिलोनाका मोबाइल फोनहरूमा शहरको दक्षिणी सीमामा ‘अत्यधिक र निरन्तर वर्षा’ को चेतावनी बजेको थियो । चेतावनीमा मानिसहरूलाई सामान्यतया सुक्खा खोँच वा नहरहरूबाट टाढा रहन आग्रह गरिएको थियो ।

पुएन्टेले वर्षाका कारण हवाई यातायात नियन्त्रकहरूले बार्सिलोनाको विमानस्थलमा सञ्चालन भइरहेका १५ उडानको मार्ग परिवर्तन गर्नुपरेको जानकारी दिए। विमानस्थल शहरको दक्षिणी भागमा अवस्थित छ । बाढीका कारण धेरै राजमार्गहरू बन्द गरिएका छन् ।

बार्सिलोना र भ्यालेन्सियाको बीचमा पर्ने दक्षिणी क्याटालोनियाको टारागोना शहरमा वर्षाको रातो चेतावनी जारी गरिएपछि कक्षाहरू रद्द गरिएका छन् ।
यसैबीच भ्यालेन्सियामा घरभित्र र हजारौँ क्षतिग्रस्त कारभित्र शवहरूको खोजी जारी छ । गत हप्ताको बाढी बस्ती भएका क्षेत्रहरूमा पुग्दा कारहरू सडक, राजमार्ग र नहरहरूमा छरिएका छन् ।

नागरिक, स्वयंसेवक र हजारौँ सैनिक तथा प्रहरी अधिकारीले हिलो र भग्नावशेष सफा गर्ने विशाल अभियानमा सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ६ : ०३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र