ठगी गरेर प्रेमी सुजनसँगै फरार बिनु कम्बोडियामा पक्राउ, नेपाल ल्याइयो « Khabarhub

ठगी गरेर प्रेमी सुजनसँगै फरार बिनु कम्बोडियामा पक्राउ, नेपाल ल्याइयो


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई पत्रकार बताउने सुजन आचार्य पक्राउ परेका डेढ सातापछि उनकी प्रेमिकालाई पनि प्रहरीले कम्बोडियाबाट नेपाल ल्याएको छ।

एक पटक लुटपाट अभियोगमा पक्राउ परेर जेल पुगिसकेका सुजनलाई गत कात्तिक ९ मै इन्टरपोलको सहयोगमा कम्बोडियाबाट ल्याइसकेको अवस्थामा उनकी प्रेमिका प्रहरीको फन्दामा परेकी हुन् ।

यी दुवैजनाविरूद्ध वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । सुजन उदयपुरको त्रियुगा नगरपालिका–१० निवासी हुन् भने बिनु सिन्धुपाल्चोकको मान्खा निवासी हुन् । उनी बेली डान्सरका रुपमा कुनै बेला चर्चिच थिइन् ।

यी दुवैजनालाई इन्टरपोल र कम्बोडिया प्रहरीको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो ।

वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनेर सुजनले ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगेर विदेशतिर लुकेका थिए । ठगीमा उनलाई बिनुले पनि साथ दिएकी थिइन् ।

सुनजपछि बिनुलाई कम्बोडियाको नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) नोहम्पेनको समन्वयमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई कम्बोडियाबाट आइतबार नेपाल फिर्ता ल्याइएको हो । बिनुलाई पनि सुजलाई जस्तै वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको आरोप छ।

उनीहरू दुवै जनालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखामा अनुरोध भएको थियो। त्यसपछि २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो ।

सुजन र बिनु दुवैजनालाई असोज १ गते कम्बोडियाबाट पक्राउ गरिएको थियो। सुजनलाई कात्तिक ९ गते नेपाल फिर्ता ल्याइसकिएको छ ।

बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाही गराउन प्रहरी वृत्त, कालिमाटीमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ६ : ३० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल