स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु « Khabarhub

स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुरको बागमती गाउँपालिका–४ निवासी ४८ वर्षीया गङ्गा पहरीको मृत्यु भएको हो । सोही स्कुटरको ठक्करबाट पहरीका ५ वर्षीय अनुप पहरी घाइते भएका छन् ।

ठक्करबाट गम्भीर घाइते गङ्गा पहरीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइते अनुपको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

ठक्कर दिने स्कुटर र चालक हेटौंडा उपमहानगरपालिका ६ चौघडा निवासी २६ वर्षीय अनुपकुमार क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : २८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल