अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २० घाइते (अपडेट) « Khabarhub

अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २० घाइते (अपडेट)


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा देउसीभैलो खेलिरहेको स्थानमा बसले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा २० जना घाइते भएका छन् । देउसीभैलो खेलिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ठक्करबाट दुई जानको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिकाको वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट २० जना घाईते भएका छन् । जसमा २ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जानकारी दिएको छ ।

बसले देउसी भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको र अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

प्रहरीले बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ५६ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको