अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २० घाइते (अपडेट) « Khabarhub

अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २० घाइते (अपडेट)


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा देउसीभैलो खेलिरहेको स्थानमा बसले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा २० जना घाइते भएका छन् । देउसीभैलो खेलिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ठक्करबाट दुई जानको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिकाको वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट २० जना घाईते भएका छन् । जसमा २ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जानकारी दिएको छ ।

बसले देउसी भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको र अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

प्रहरीले बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ५६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया