भारतले ल्यायो हरित हाइड्रोजनबाट चल्ने बस « Khabarhub

भारतले ल्यायो हरित हाइड्रोजनबाट चल्ने बस


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नयाँ प्रविधिमा आधारित हरित हाइड्रोजनबाट सञ्चालन हुने सवारी साधन सार्वजनिक गरेको छ । भुटानी प्रधानमन्त्री छिरिङ टोग्बेको भारत भ्रमणका क्रममा भारतीय पेट्रोलियम एवम् प्राकृतिक ग्यासमन्त्री हरदिप सिंह पुरीले हरित हाइड्रोजनबाट सञ्चालन हुने बसको उद्घाटन गरेका हुन् ।

यो बसमा जडान भएको इन्जिन हाइड्रोजनबाट सञ्चालन हुन्छ । हाइड्रोजन र हावामा रहेको अक्सिजनबाट उत्पादन हुने ऊर्जाबाट बस सञ्चालन हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसबाट धुवाँ नभइ पानी निस्किने जनाइएको छ । हरित हाइड्रोजनबाट सञ्चालन हुने बसलाई चाँडै सार्वजनिक सवारीका रुपमा प्रयोग गरिने अपेक्षा गरिएको छ ।

आगामी पुस्ताका लागि हरित र दीगो ऊर्जा उत्पादनमा नयाँ प्रविधि प्रभावकारी हुने अपेक्षा गरिएको छ । भारतले सन् २०७० सम्म शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ९ : १० बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ