लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु « Khabarhub

लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बाँके– लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ ।

‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ मङ्गलबार बाँकेको खजुरामा औपचारिक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विषादी सचेतना अभियान सञ्चालन गरेको कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यमनारायण देवकोटाले जानकारी दिए ।

‘बढ्दो रासायनिक विषादीको प्रयोग, यसबाट मानव स्वास्थ्यमा हुने गम्भीर जोखिमलाई न्यूनीकरण गर्दै रासायनिक विषादीको विकल्पसहितको सचेतना कार्यक्रम सुरु गरेका छौँ’, देवकोटाले भने, ‘कसैले जानेर त कसैले अन्जानमा विषादीको प्रयोग गरिरहेका छन्, सुरक्षित विषादीको प्रयोग कसरी गर्ने र यसको जोखिमबाट कसरी बच्ने भन्ने विषयमा यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।’

बाँकेबाट यो कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरिएको र हरेक जिल्लामा सम्बन्धित सरोकारवाला कार्यालयबाट वर्षैभर यो कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

अभियानअन्तर्गत हरेक सरोकारवालासँग भेटघाट, छलफल, विद्यालयका विद्यार्थीमार्फत सचेतना कार्यक्रमलगायत गतिविधि गरेर व्यापक जनचेतना फैलाइने जनाइएको छ ।

विषादीको बढ्दो अनुचित प्रयोग कम गराउने, कृषि उपज उत्पादकलाई विषादीको नकारात्मक असरबारे जानकारी गराउने र सुरक्षित राख्ने, तरकारी तथा फलफूल उपभोक्ताको सुरक्षा गर्ने, किसानको अनावश्यक आर्थिक नोक्सानी हुन नदिने, विषादी प्रयोगकर्तालाई सबैको स्वास्थ्यप्रति संवेदनशील हुन सचेत गराउने, सुरक्षित विषादीको प्रयोगसम्बन्धी जनचेतना फैलाइ स्वस्थ बाली उत्पादनको सन्देश प्रवाह गर्नेलगायत कार्यक्रमको उद्देश्य रहेको महानिर्देशक देवकोटाले बताए ।

कृषि विकास निर्देशनालय लुम्बिनीका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले लुम्बिनी प्रदेशमा हरेक वर्ष विषादीको आयात बढेको र अत्यधिक प्रयोग हुने गरेको बताए ।

विषादीको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान नहुनु, जानकार किसान लापरबाही हुनु, वैकल्पिक विधिका बारेमा ज्ञान नहुनु, भारतीय विषादी र बीउविजनको बढी विश्वास गर्नु, सबै विषादीलाई मिसाएर प्रयोग गर्नु, पर्खनुपर्ने अवधिबारे प्रायः किसानलाई जानकारी नहुनु, रासायनिक विषादीको विकल्प सहज रूपमा उपलब्ध नहुनुलगायत कारणबाट प्रयोगकर्ता विषाक्त हुँदै गएको उनको भनाइ छ ।

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराका निमित्त प्रमुख श्रीधर ज्ञवालीले रासायनिक विषादीलाई नियन्त्रण गर्न किसानलाई तालिम दिँदा रासायनिक विषादीको कम प्रयोग र मानव शरीरलाई असर नपुग्ने गरी चेतना जगाउने किसिमको तालिम सञ्चालन गरिरहेको जानकारी दिए । हरेक किसान र उपभोक्ताको पहुँचमा पुगेर यससम्बन्धी जनचेतना प्रदान गरी उनीहरूलाई सचेत बनाउनुपर्ने उनको भनाइ छ ।

बाली संरक्षण प्रयोगशाला, कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, बिउविजन प्रयोगशाला, मल तथा माटो परीक्षण प्रयोगशाला र कृषि ज्ञान केन्द्र बाँकेको संयुक्त आयोजनामा विषादी सचेतना अभियानको शुभारम्भ गरिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ६ : ३५ बजे

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान