बलिको अर्थ आफैंभित्र रहेको पशु जस्तो स्वभावलाई मार्ने हो, निर्दोष प्राणीलाई होइन। भगवानको नाम दिएर जनावरलाई जबरजस्ती काटेर पकाएर खानु भनेको हामीले मान्ने भगवानमाथि नै गरिएको अपमान हो। कुनै पनि धर्म ग्रन्थमा निर्दोष जनावर मारेर देवताको मूर्तिमा रगत चढाउँदा देवता खुशी हुन्छन् भनेर लेखेको भेटिदैन्।
एउटा निर्दोष प्राणीलाई मारेर, मासु पकाएर खाँदा कुन चाहिँ परमसत्ताले हामीलाई आर्शिवाद दिन्छ ? बलिको गलत अर्थ लगाएर कहिलेसम्म निर्दोष प्राणीको हत्या गर्ने ? विगत २० वर्ष भन्दा लामो समयदेखि भागवत गीता, वेदान्त र बोधप्रत्युषा जस्ता धर्मग्रन्थ पढाउँदै आएका आचार्य प्रशान्त भन्छन्, ‘‘बलि अर्थात् पशुवृत्तिलाई मार्नु हो। कुनै जनावरलाई मार्ने कुरा होइन, आफ्नो भित्रको अहंकार र अज्ञानता मार्नु हो। हामीभित्र एउटा जंगली घोडा छ, जो दिशाहीन भएर दौडिन्छ। त्यो कहीँ पनि पुग्दैन, बस कुदिरहन्छ, यही त हो हाम्रो मन। त्यसैको बली चढाउनु पर्छ।”
पशुबलिको कथाको सन्दर्भको मर्म बुझ्नुपर्दा वास्तवमा, मानिस पनि जंगलको उपज हो। त्यसैले उसको आदिम प्राकृतिक जनावरलाई हटाएर चेतनालाई उठाउनुपर्ने कुरा धर्मले बताएको छ, किनभने त्यही जनावरले हामीलाई जनावर जस्तै व्यवहार गराउँछ।
धर्मले प्रतीकात्मक रूपमा हामीलाई यो सिकाइरहेको छ कि भित्रको त्यो पशु, जो केवल खाने, सुत्ने र भोग गर्नेमा सीमित छ, जसले हाम्रो चेतनालाई माथि उठ्नबाट रोक्छ, त्यसलाई हामीले मार्नुपर्छ। जस्तै, चेतनाले भन्यो, “जलवायु परिवर्तन सम्बन्धी काम गर,” तर तुरुन्तै भित्रको जनावरले भन्यो, “रहन दे, जा सुत।”
हामीभित्र रहेको आदिम पशु वृत्तिको आत्मज्ञान द्वारा उसको बलि दिनुपर्छ र हाम्रो चेतनालाई माथि उठाउनु पर्छ।
गढीमाई मेला
नेपालको बारा जिल्लास्थित गढीमाई देवी मन्दिर एक ऐतिहासिक धार्मिक स्थल हो। जहाँ प्रत्येक पाँच वर्षमा गढीमाई मेला आयोजना हुन्छ, जसमा हजारौं निर्दोष पशुको बलि हुन्छ। यहाँ मनोकामना पुरा गर्ने उद्देश्यले बलि दिएपनि धार्मिक आस्थाका नाममा गरिने यो बलि प्रथा मानिसको आस्था र विश्वासलाई सुदृढ गर्ने लक्ष्यमा नभई गहिरो अज्ञानता र अन्धविश्वासलाई प्रोत्साहन गर्ने गरेको धार्मिक विद्वानहरुले बताउँदै आएका छन्।
गढीमाइमा हुने बलिको बारेमा आचार्य प्रशान्तको अभिमतअनुसार गढीमाइमा बलिको स्रोत जब एक सज्जनको जीवन समस्याले घेरिएको थियो। दुखी थिए। तब एकदिन उनको सपनामा गढीमाई देवी आएर खुन दिनु भनिन्। अध्यात्म धेरै सूक्ष्म कुरा हो। अब यहाँ खुनको मतलव यो होइन कि हामीले काट्यौ र रगत आयो, खुनको मतलव जो मेटिन जरुरी छ, जसको विनाश हुन आवश्यक छ, त्यसको अन्त्य गर्नु नै खुन हो। बलिको मतलब हामी भित्र रहेको त्यो जनावर जसले दुनियाँको शोषण गर्न र भोग्नको लागि हामी भित्र अहंकारको रुपमा बसेको छ। त्यसको अन्त्य गर्नु बलि हो। यो जरुरी छ।
गढीमाई देवी पूजाको सिद्धान्त बुझ्न र शाक्ति परम्पराको दर्शनलाई बुझ्नु आवश्यक छ। देवीको अर्थ बुझ्न सकेपछि गढिमाई देवीको महत्त्व आफैँ प्रस्ट हुन्छ। देवीसँग सम्बन्धित सम्पूर्ण कथा, दर्शन र सिद्धान्त दुर्गा सप्तशती ग्रन्थमा पाइन्छ।
पछिल्लो समय देवी पूजा, गढीमाई मेला उपभोक्तावादी चार्ड बन्दै गएको छ। देवी उपासकले दुर्गा सप्तशती पढेका छैनन् भने, त्यो स्वाभाविक छ कि, उनीहरूले गढीमाई मेलालाई भौतिक चटारो र मनोरञ्जनको रूपमा सीमित गर्छन्। मासु, रक्सी सेवन, किनमेल, नाचगान र अन्य अभद्र क्रियाकलापमा समय बिताउँछन्।
गढीमाई मेला केवल बाहिरी पूजाको चाड होइन। यो आत्मसुधारको अवसर हो। देवी उपासना भनेको हाम्रो भित्री अशक्तता, अज्ञानता र अहंकारमाथि विजय प्राप्त गर्नु हो। गढीमाई प्रतीक हुन्छ। हाम्रो जीवनका नौ चरणमा आत्मज्ञान प्राप्त गर्नु आवश्यक देखिन्छ।
यो सन्देश जब हामी बाहिरी तामझाम र निर्दोष पशुको हत्यामा अल्झन्छौँ, मासु खानेमा हाम्रो स्वार्थ लुकेको हुन्छ, तब हराउँछ।
पछिल्लो समय देवी पूजा, गढीमाई मेला उपभोक्तावादी चार्ड बन्दै गएको छ। देवी उपासकले दुर्गा सप्तशती पढेका छैनन् भने, त्यो स्वाभाविक छ कि, उनीहरूले गढीमाई मेलालाई भौतिक चटारो र मनोरञ्जनको रूपमा सीमित गर्छन्।
गढीमाई देवीलाई गहिरो रूपमा बुझ्नका लागि देवीको दर्शन र दुर्गा सप्तशतीलाई अध्ययन गर्न जरुरी छ। यसले हामीलाई सिकाउँछ कि देवी केवल बली पूजा अर्चनाको वस्तु होइनन्, देवी जीवनलाई उच्च चेतनाको दिशामा लैजाने प्रेरणा हुन्।
बलिबारे सनातन धर्म के भन्छ ?
सनातन धर्म ग्रन्थमा पशुबलिको सम्बन्धमा यस्तो भनिएको छ।
“राक्षसाः पिशिताशनाः’’ अर्थात् पिशित (मासु) खानेहरू जीवित राक्षस हुन्।
गीता, अध्याय ज्ञठ, श्लोकः
“यजन्ते सात्विका देबान्यक्षरक्षान्सि राजसाः।
प्रेतान्भुत गणान्श्चान्ये यजन्ते तामसाः जनाः।’’
अर्थात्
सत्वगुणी व्यक्तिहरू देवताको पूजा गर्दछन्, रजोगुणीहरू राक्षस र यक्षको पूजा गर्दछन् र तमोगुणीहरू भूत–प्रेतको पूजा गर्दछन्।
कुनै पनि स्थानमा यदि तपाई देख्नुहुन्छ कि शक्ति पूजाको नाममा (तिनीहरूले आफ्ना भगवान र देवता नै भनेका छन्) मासु र राक्षसी चढ़ाइँदैछ भने, त्यसको अर्थ त्यहाँ भूतको पूजा भइरहेको छ। तामस गुण अन्तर्गत भूत, प्रेत र पिशाचको अनुष्ठानमा बलिको आवश्यकता पर्छ। शास्त्रअनुसार, यस्ता अनुष्ठानले मानिसलाई क्षणिक लाभ मात्र दिन्छ, तर यसको परिणामस्वरूप, त्यस्ता व्यक्तिलाई न यस जन्ममा सुख प्राप्त हुन्छ न परलोकमा।
गीता, अध्याय ९ मा श्लोक छः
“यान्ति देबब्रता देवान, पित्रिन यान्ति पित्रिब्रता।
भुतानि यान्ति भुतेज्या, यान्ति मध्याजिनोपी माम।“
अर्थात् :
देवताको पूजा गर्ने व्यक्ति देवताकै स्थानमा पुग्छ, पितृको पूजा गर्ने पितृकै स्थानमा पुग्छ, भूतको पूजा गर्ने व्यक्ति भूतकै स्थानमा पुग्छ र मेरो भक्त मसँगै पुग्छ।
देवताको पूजा गर्ने व्यक्ति देवताकै स्थानमा पुग्छ, पितृको पूजा गर्ने पितृकै स्थानमा पुग्छ, भूतको पूजा गर्ने व्यक्ति भूतकै स्थानमा पुग्छ र मेरो भक्त मसँगै पुग्छ।
वैदिक सनातन धर्म र अहिंसा
वैदिक सनातन धर्मले “अहिंसा परमो धर्मं’’ भनेको छ, अर्थात् अहिंसा सर्वोत्तम धर्म हो। यसले बलि (पशु हत्या) को विचारलाई धेरै परको कुरा मान्दछ। मांस भक्षणलाई ठूलो पाप मानिन्छ। भगवानको नाममा बलि (पशु हत्या) गर्ने व्यक्ति, शास्त्रज्ञान नहुने अज्ञानी, आशुरी या तामसिक तान्त्रिक अथवा भूत–प्रेत पुजारी हो। शास्त्रअनुसार, मांस भक्षणलाई ठूलो पाप मानिन्छ।
गीता, अध्याय १२, श्लोक १५:
“जो व्यक्तिको मृत्यु तामसिक गुण प्रभावित अवस्थामा भएको छ, त्यो अवश्य पनि मृत्युपछि जनावरको योनिमा जन्म लिनेछ।’’
अर्थात्, जो व्यक्ति तामसिक गुणको प्रभावमा मृत्युको शिकार हुन्छ, उसलाई पुनः जनावरको योनिमा जन्म लिनुपर्छ।
महाभारतमा भनिएको छः
“सुरा मत्स्याः पशोर्मांसं द्विजातिनां बलिस्तथा
धूर्तः प्रवर्तितं चैतन्नैतद्वेदेषु कथ्यते“
अर्थात् :
“मदिरा, माछा, मासु र द्विजको बलि जस्ता कार्य धूर्त (फटाहा) हरूले आफ्नो स्वार्थ सिद्ध गर्न थालेका छन्। वेदमा यस्ता कार्यको विधान छैन।’’
मनुस्मृति, श्लोक छ
“अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी।
संस्कर्ता चोपहर्ता च खादकश्चेति घातकाः।’’
अर्थात् :
“जो पशुहत्या गर्छ, जो मांसाहारीको पक्ष लिन्छ वा प्रश्रय दिन्छ, जो मासुको बिक्री गर्छ, जो मासु पकाउँछ र जसले मासु भक्षण गर्छ, ती सबैको विनाश हुन्छ।’’
“जो पशुहत्या गर्छ, जो मांसाहारीको पक्ष लिन्छ वा प्रश्रय दिन्छ, जो मासुको बिक्री गर्छ, जो मासु पकाउँछ र जसले मासु भक्षण गर्छ, ती सबैको विनाश हुन्छ।’’
वेद भन्छः
“पशून् पाहि मां हिंसात् ’’
अर्थात् :
“कुनै पनि पशुप्राणीको हत्या गर्नु हुँदैन।“
लेखक शाही आचार्य प्रशान्तका वेदान्तका विद्यार्थी हुन्।
प्रतिक्रिया