संसदको विरोधपछि दक्षिण कोरियामा घोषणा भएको सैनिक शासनको निर्णय फिर्ता « Khabarhub

संसदको विरोधपछि दक्षिण कोरियामा घोषणा भएको सैनिक शासनको निर्णय फिर्ता

दक्षिण कोरियामा प्रदर्शन जारी


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

सोल- सांसदको विरोधपछि कोरियाली राष्ट्रपति योन सुक योल योक आफूले लगाएको सैनिक शासनबाट पछि हट्ने बताएका छन्।

उत्तर कोरियाबाट जोखिम आएको कारण अप्रत्याशित रूपमा सो निर्णय गरेको बताएका उनले संसद्को बहुमतको निर्णयका कारण पछि हटेको जनाएका हुन्।

राष्ट्रपतिले सैन्य शासन घोषणा गरे लगत्तै सांसदले राष्ट्रपतिलाई संसदबाटै हटाउने तयारी गरेका थिए। यसमा विपक्षी दलका विधायकको सक्रियता धेरै थियो।

त्यसको लगत्तै अन्तर्राष्ट्रिय क्षेत्रले पनि दक्षिण कोरियामा चासो बढाएको थियो। सबै भन्दा धेरै चासो अमेरिकी निकायको थियो। दक्षिण कोरियाको निकट शक्ति अमेरिकाले दक्षिण कोरियाको आन्तरिक मामलामा स्वतन्त्र छाड्ने घोषणा गरेको थियो।

राष्ट्रपति योलले टिभी सम्बोधनमार्फत् घोषणा गरेको २ घण्टा नहुँदै तीन सय मध्यका १९० सांसद भेला भएर यसको विरुद्धमा मतदान गरेका थिए। तत्कालै योलले यो निर्णय उल्ट्याउने घोषणा भएको थियो। राष्ट्रपतिले निर्णय सच्याउने बताए पनि उनको विरुद्धको प्रदर्शन अझै रोकिएको छैन।

अहिले पनि सियोलमा उनको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेको छ। साथै विपक्षी विधायकले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन्।

यो पनि पढ्नुहोस्

दक्षिण कोरियामा सैनिक शासन घोषणा !

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ७ : ०१ बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको