संसदको विरोधपछि दक्षिण कोरियामा घोषणा भएको सैनिक शासनको निर्णय फिर्ता « Khabarhub

संसदको विरोधपछि दक्षिण कोरियामा घोषणा भएको सैनिक शासनको निर्णय फिर्ता

दक्षिण कोरियामा प्रदर्शन जारी


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

सोल- सांसदको विरोधपछि कोरियाली राष्ट्रपति योन सुक योल योक आफूले लगाएको सैनिक शासनबाट पछि हट्ने बताएका छन्।

उत्तर कोरियाबाट जोखिम आएको कारण अप्रत्याशित रूपमा सो निर्णय गरेको बताएका उनले संसद्को बहुमतको निर्णयका कारण पछि हटेको जनाएका हुन्।

राष्ट्रपतिले सैन्य शासन घोषणा गरे लगत्तै सांसदले राष्ट्रपतिलाई संसदबाटै हटाउने तयारी गरेका थिए। यसमा विपक्षी दलका विधायकको सक्रियता धेरै थियो।

त्यसको लगत्तै अन्तर्राष्ट्रिय क्षेत्रले पनि दक्षिण कोरियामा चासो बढाएको थियो। सबै भन्दा धेरै चासो अमेरिकी निकायको थियो। दक्षिण कोरियाको निकट शक्ति अमेरिकाले दक्षिण कोरियाको आन्तरिक मामलामा स्वतन्त्र छाड्ने घोषणा गरेको थियो।

राष्ट्रपति योलले टिभी सम्बोधनमार्फत् घोषणा गरेको २ घण्टा नहुँदै तीन सय मध्यका १९० सांसद भेला भएर यसको विरुद्धमा मतदान गरेका थिए। तत्कालै योलले यो निर्णय उल्ट्याउने घोषणा भएको थियो। राष्ट्रपतिले निर्णय सच्याउने बताए पनि उनको विरुद्धको प्रदर्शन अझै रोकिएको छैन।

अहिले पनि सियोलमा उनको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेको छ। साथै विपक्षी विधायकले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन्।

यो पनि पढ्नुहोस्

दक्षिण कोरियामा सैनिक शासन घोषणा !

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ७ : ०१ बजे

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौं– दुई लाख ६१ हजारभन्दा बढी सवारी चालकले जरिवानाबापतको रकम

लमजुङ कारागार बजेट अभावमा रोकियो

लमजुङ– बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन

निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि संविधान संशोधन बहसपत्र

तनहुँ ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह

दमौली– जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल