एनपीएल : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली « Khabarhub

एनपीएल : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले काठमाडौं गोर्खाज र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्ड रोजेपछि कर्णालीले सुरुमा ब्याटिङ गर्ने भएको हो ।

कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा छ भने काठमाडौंका कप्तान करण केसी हुन्।

एकएक खेल खेलेका कर्णाली र काठमाडौं दुवै टिम जितबिहीन छन्। कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको हो। दुवै टोली आजको खेलमो पहिलो जितको खोजीमा छन्।

बुधबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्। विराटनगर दुई खेलमा पराजित भइसकेको छ भने लुम्बिनी पहिलो खेल खेल्दैछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको हो। आजको प्रतिस्पर्धामा विराटनगर पहिलो जितको खोजीमा हुनेछ।

यता राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो जितसँगै प्रतियोगिता सुरु गर्न चाहन्छ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ८ : ५५ बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार