मुकिमको उत्कृष्ट बलिङले पाकिस्तानको कीर्तिमानी जित « Khabarhub

मुकिमको उत्कृष्ट बलिङले पाकिस्तानको कीर्तिमानी जित


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले जिम्बाबे विरुद्धको दोस्रो टी-२० मा १० विकेटको जित हात पारेको छ। सो खेलमा पाकिस्तानको जित भन्दा पनि बढी चर्चा सुफियन मुकिमको बलिङको भयो।

मंगलबार बुलआयो क्रिकेट मैदानमा भएको खेलमा ५८ रनको लक्ष्य पाएको पाकिस्तानले छैटौँ ओभरको तेस्रो बलमा कुनै विकेट नगुमाई ६१ रन जोडेको हो।

पाकिस्तानका लागि ओमार युसुफले १५ बलमा २२ तथा सइम अयुबले १८ बलमा ३६ रन जोडे। यसअघि जिम्बाबेलाई सस्तोमा समेट्ने क्रममा मुकिमले १६ बलमा ३ रन खर्चेर ५ विकेट लिए।

जिम्बाबेको सुरुवात एकदमै खराब भने थिएन। पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेको जिम्बाबेले २० रनको अन्तरमा १० विकेट नै गुमाएको हो। दुई पूर्ण सदस्य बिचको टी-२० अन्तर्राष्ट्रियमा पाकिस्तानले पाएको सफलता नयाँ कीर्तिमान हो। यो सबै भन्दा धेरै बल बाँकी रहँदा पाएको जितको कीर्तिमान हो।

कप्तान सिकन्दर राजाले टस जितेर ब्याटिङ गर्ने निर्णयलाई सुरुवातमा सही साबित गर्दै ब्रायन बेनटले उत्कृष्ट सुरुवात गरेका थिए। ४.२ ओभरमा ३७ रनको स्कोरमा कुनै विकेट नगुमाउँदा जिम्बाब्बेको विशाल योगफलको सम्भावना देखिएको थियो।

बेनेटले १४ बलमा नै २१ रन जोडेका थिए। तादुवान्से मरुदीलाई अब्बास अफ्रिदीले आउट गरेपछि सो साझेदारी टुटेको थियो। बायाँ हाते स्पिनरको जादु सुरु भएपछि त जिम्बाबे १२.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५७ रनमा सीमित भएको हो।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया