मुकिमको उत्कृष्ट बलिङले पाकिस्तानको कीर्तिमानी जित | Khabarhub Khabarhub

मुकिमको उत्कृष्ट बलिङले पाकिस्तानको कीर्तिमानी जित


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले जिम्बाबे विरुद्धको दोस्रो टी-२० मा १० विकेटको जित हात पारेको छ। सो खेलमा पाकिस्तानको जित भन्दा पनि बढी चर्चा सुफियन मुकिमको बलिङको भयो।

मंगलबार बुलआयो क्रिकेट मैदानमा भएको खेलमा ५८ रनको लक्ष्य पाएको पाकिस्तानले छैटौँ ओभरको तेस्रो बलमा कुनै विकेट नगुमाई ६१ रन जोडेको हो।

पाकिस्तानका लागि ओमार युसुफले १५ बलमा २२ तथा सइम अयुबले १८ बलमा ३६ रन जोडे। यसअघि जिम्बाबेलाई सस्तोमा समेट्ने क्रममा मुकिमले १६ बलमा ३ रन खर्चेर ५ विकेट लिए।

जिम्बाबेको सुरुवात एकदमै खराब भने थिएन। पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेको जिम्बाबेले २० रनको अन्तरमा १० विकेट नै गुमाएको हो। दुई पूर्ण सदस्य बिचको टी-२० अन्तर्राष्ट्रियमा पाकिस्तानले पाएको सफलता नयाँ कीर्तिमान हो। यो सबै भन्दा धेरै बल बाँकी रहँदा पाएको जितको कीर्तिमान हो।

कप्तान सिकन्दर राजाले टस जितेर ब्याटिङ गर्ने निर्णयलाई सुरुवातमा सही साबित गर्दै ब्रायन बेनटले उत्कृष्ट सुरुवात गरेका थिए। ४.२ ओभरमा ३७ रनको स्कोरमा कुनै विकेट नगुमाउँदा जिम्बाब्बेको विशाल योगफलको सम्भावना देखिएको थियो।

बेनेटले १४ बलमा नै २१ रन जोडेका थिए। तादुवान्से मरुदीलाई अब्बास अफ्रिदीले आउट गरेपछि सो साझेदारी टुटेको थियो। बायाँ हाते स्पिनरको जादु सुरु भएपछि त जिम्बाबे १२.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५७ रनमा सीमित भएको हो।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : २८ बजे

शेखर समूहको बैठक : कारबाहीमा परेका विष्णुदेखि मन्त्रीसमेत सहभागी भए

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका नेताहरूको बैठक

सुर्खेतबाट साढे पाँच केजीभन्दा बढी अफिमसहित एक जना पक्राउ

सुर्खेत– सुर्खेतमा पाँच किलो ५४० ग्राम अफिमसहित एक जनालाई पक्राउ

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जनाले लिए सेवा

खोटाङ– नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको

पौडी सिक्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

वीरगञ्ज– पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ

ट्राफिक प्रहरी कार्यालय पाल्पाद्वारा तीन करोड राजस्व सङ्कलन

पाल्पा– जिल्ला ट्राफिक कार्यालय पाल्पाले नियमविपरीत सवारी साधन चलाएका ५९