कूटनीतिमा झूटनीतिको छाया | Khabarhub Khabarhub

कूटनीतिमा झूटनीतिको छाया

आफ्नै कदमा छिनो चलाउँदै ओली



प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि के हुन्छ ? त्यसको स्पष्ट उत्तर छ- उनी घर फर्कन्छन्। जाँदा फौजीको सलामी खाए। आउँदा पनि त्यही क्रम दोहोरिन्छ। उनका चण्डमुण्ड, नन्दीभृंगी, हुक्के, ढोकेले दुईचार दिन भए पनि जीब्रोको स्वाद फेर्छन्। लावालस्करले फूलगुच्छा टक्र्याउँछन्। आउनासाथ विमानस्थलमा न भूतो, न भविष्यको ऐतिहासिक भ्रमण भन्दै उपलब्धीको दावी हुन्छ। अन्ततः विरोध र समर्थनका नाममा दुई पक्षीय अतिवादीहरुको सामाजिक सन्जालमा पौंठेजोरी चल्नेछ।

नेपाल देश हुन नसकेको त्यो देश हो यहाँ हरेक पदमा आसिनसँग कामको रुटिन छैन्। सत्तारुढ हुनु भनेको अरुलाई धम्क्याउने लाइसेन्स प्राप्त गर्नु हो। प्रधानमन्त्रीदेखि वडा सदस्यसम्मका कार्यकक्ष गफका अखडा हुन्। काम गर्ने संस्था र पद्दतिको उछितो काढ्नु अधिकांशको पहिलो र अन्तिम कर्तव्य हो। देशको आयतनभन्दा ठूला चलखेलका मैदान छन्। राज्यको सामथ्र्य के हो ? राजनीति गर्नेलाई नै पत्तो छैन्। सत्तामा पुग्ने र सत्ताबाट झर्नेका अर्ती र असन्तुष्टिको स्थायी अन्तरा छ। अरुतिर पदीय दायित्व बोकेका दुब्लाउँछन्, आइरन बडी भएकालाई यहाँ पदासिन गराएपछि बोसो लाग्ने क्रम शुरु हुन्छ।

अब वित्तीय तराजुमा वर्तमान सरकारको औकात नापौं। मुलुकको १८ खर्ब बजेट ६० अर्ब बजेट मध्ये ६१ प्रतिशत साधारण, खाएको ऋणको ब्याज तिर्न ३ खर्ब ६७ अर्ब र विकासमा ३ खर्ब ५२ अर्ब बजेट यो सरकारको ईन्जिन हो। यो वर्ष राजश्वबाट १४ खर्ब उठाउने लक्ष्य रहेकोमा आर्थिक वर्षको ५ महिना बित्दा तीन खर्बमाथि उठ्न सकेको छैन। सरकारी खर्च चार खर्ब नाघ्दा राजश्व संकलनको अवस्था तीन खर्बको हाराहारीमा छ। अर्थतन्त्रको यस्तो धराप जहाज चढेर समृद्धिको राग गाउनु भनेको तीन करोड जनतालाई दुर्घटनामा ठेल्नु हो। अझ डेढ वर्षपछि शेरबहादुर देउवालाई सत्ता सुम्पिने बैना मारेर राजनीतिको बाघचाल खेल्नु भनेको अपराध हो।

पदमा रहँदा राजनीतिका हेडसरले विवेक नपु-याएको विषय के हो भने पदीय साइनो कसैको स्थायी हुँदैन। पदीय दम्भले धेरै नेता यो सत्यसँग सम्झौता गर्न चाहँदैनन। जिसस क्राइष्टका संसारमा अरबौं भक्त छन्। तर उनी सुलीमा चढ्दा साँच्चै कहालीलाग्दो अवस्था थियो।

पदमा रहँदा राजनीतिका हेडसरले विवेक नपु-याएको विषय के हो भने पदीय साइनो कसैको स्थायी हुँदैन। पदीय दम्भले धेरै नेता यो सत्यसँग सम्झौता गर्न चाहँदैनन। जिसस क्राइष्टका संसारमा अरबौं भक्त छन्। तर उनी सुलीमा चढ्दा साँच्चै कहालीलाग्दो अवस्था थियो। क्राइष्टलाई सुली चढाइँदा उनका अधिकांश समर्थक ज्यान जोगाउन भागाभाग गरे। अरु त अरु क्राइष्टले आफ्नो सिद्धान्तको ‘पत्थर’ भनेर गौरव गर्ने पिटर समेत टाप कसे। बरु त्यो पात्रले कालान्तरमा क्राइष्टको संगतप्रति पश्चाताप जनायो। तर क्राइष्टद्वारा उद्धार गरिएकी अनपेक्षित एक नगरबधु र लेजरस नामको अपराधीले क्राइष्टसँगै मृत्यु रोजे।

स्वधर्मले प्राप्त हुने शक्तिको अर्को पनि प्रसंग छ। पाटलीपुत्रको गंगा नदीमा ठूलो बाढी आएर धनजनको क्षति हुन्छ। सम्राट अशोक किंकर्तव्यविमूढ भएर नदी किनारमा उभिएका हुन्छन। नदी झनन्झन् ताण्डव र विराट रुप लिएर बगिरहेको छ। अशोकका अमात्य, मन्त्रीहरु राजासंगै टोलाएर बसेका छन्। अचानक सम्राटको मस्तिष्कमा फुर्छ– ‘के उल्टो गंगा बगाउन सम्भव छ ?’

सरकारका सबै मानिसले असम्भव बताए। तर त्यो बेला समाजले अत्यन्त सम्मानित दर्जा दिने गरेको नगरबधु विन्दुमति सम्राटसँगै थिइन। आज्ञा पाए गंगा उल्टो बगाइदिने दृढता जनाइन। कसरी ? सबै आश्चर्यचकित भए। आफ्नो निजताको सत्यले विजय पाउने अठोट जनाउँदै उनले आत्मविश्वासपूर्वक भनिन- ‘मेरो निजताको सत्य, मेरो जीवनको सत्य नै मेरो सामर्थ्र्य हो। मैले यसअघि त्यसको कहिल्यै उपयोग गरिन। म भित्र सत्यको ठूलो ऊर्जा रहेको छ। म सत्यमा कहिल्यै चुकेको छैन।’ उनले आँखा बन्द गरेर साधना गरिन। आश्चर्य गंगाले एकाएक उल्टो बाटो पक्रियो।

राजा अशोकले नगरवधुलाई साष्टाङ्ग दण्डवत गर्दै जीवनको रहस्य आग्रह गर्दा उनले भनिन्- ‘म शिरदेखि पाउसम्म वेश्या हुँ। मेरा रौं रौं, अंश अंश वेश्या हुन्। अनि, मैले वेश्याको धर्मबाट आफूलाई कहिल्यै च्युत गरिन। यवसाय क्षुद्र र ठुलो हुँदैन, सबै चिज व्यवसायीमा निर्भर गर्दछ। मेरो जीवनको सत्य यही हो कि मेरो गुरु, जसले मलाई वेश्या हुन शिक्षा र दीक्षा दिए, उनले मलाई भनेका थिए कि एउटा सूत्र सधैंका लागि सम्हालेर राख्नु, तब तिम्रो मोक्ष कहिल्यै पनि कसैले खोस्न सक्दैन। त्यो सूत्र हो- चाहे धनी, गरिब, बैंश्य, शूद्र, ब्राम्हण, सुन्दर पुरुष होस् या कुरुप, जवान, कोढी, रुग्ण जो आए पनि तिमीलाई पैसा दिन्छ, तिमीले पैसामा ध्यान दिनु र ती हरेक व्यक्तिसँग समान व्यवहार गर्नु। न त तिमीले कोढीलाई र रोगीलाई घृणा गर्ने छौ, न त सुन्दरलाई प्रेम गर्ने छौ। यो वेश्याको काम होइन। तिमी तटस्थ रहनु। तिम्रो काम हो पैसा लिनु। बस, कुरा सक्कियो। तिम्रो ध्यानमा रहोस, ब्राह्मण आए भने तिमीले अतिशय भावबाट उसको खुट्टा नढोग्नु। यस्तै शूद्र आए भने तिमीले उसलाई इन्कार नगर्नु। तिम्रो काम हो पैसा कमाउनु। वेश्याको ध्यान पैसा उपर हुनुपर्छ। बाँकी जोसुकै आए पनि तिमीले समभाव राख्नु। त्यही तिम्रो सत्य हो। हो, मैले यसलाई सम्हालेकी छु। मैले न त कहिल्यै कसैप्रति प्रेम गरें, लगाव देखाएँ, आसक्ति भएँ, मोह गरेँ, गरिन। न मैले कहिल्यै कसैलाई घृणा गरेँ, न निन्दा उपेक्षा गरेँ, गरिन। म टाढा तटस्थ उभिएकी छु।’

स्वधर्ममा बसेकी एउटा नगरधुसँग सम्राट हारे। सिद्धान्तको नासो सुम्पिएको पिटर कालान्तरमा क्राइष्टको शत्रु भयो। महात्मा गान्धीले जवाहरलाल नेहरुलाई शक्तिमा आरोहण गराए। विशाल भारत विभाजित भयो। देश टुक्र्याइँदा पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नालाई ५५ करोड दिने सहमति भयो। तर नेहरु र सरदार बल्लभ भाइ पटेल इमानमा चुके। यसको तोड महात्मा गान्धीलाई पर्यो। आत्मशुद्धिका लागि उनी आफ्नै सरकार विरुद्ध अनशन बसे।

प्रधानमन्त्री चीन भ्रमणमा रहँदा छिमेकसंगको सम्बन्ध कस्तो हुनुपर्छ ? बीपी कोइराला प्रष्ट शब्दमा भन्छन्- ‘हाम्रो विदेश नीतिको हाम्रा यी मूलभूत सिद्धान्त हुन्। अब त्यसलाई कसरी प्रयोगमा ल्याउने ? त्यो त अर्कै कुरा हो, तर हिन्दुस्तानमा निर्भर रहेर कोही यहाँ राजनीति गर्न चाहन्छ भने त्यो सफल हुँदैन। यदि चिनमा मात्र निर्भर रहेर राजनीति गर्छ भने त्यो पनि सफल हुँदैन। या रुसमा निर्भर रहेर गर्छ भने त्यो सफल हुँदैन, र तिनीहरुलाई चिढाउनु पनि हुँदैन। कसैले पनि धृतराष्ट्र आलिङ्गनमा हामीले जानु हुँदैन।’

‘सुवर्णहरुले दिएको भन्दा बेशी कुन नेतालाई दिल्लीले समर्थन देला ? जति सुवर्ण शमशेर दिल्लीको अनुकूल हुनसक्नु भयो होला, त्यति अनुकूल हुनसक्ने प्रजातान्त्रिक पक्षबाट मान्छे पाउने छैन दिल्लीले।’ आफ्नै सहकर्मीको कार्यशैलीप्रति टिप्पणी गर्दै बीपी भन्छन्- ‘मैले दिल्लीसँग सम्बन्ध सुधार्न इन्दिरा गान्धीसँग गएर के भन्ने ? हेर्नुस मलाई गलत नसम्झनुस् भन्ने ? म हिन्दुस्तानको हितको खिलाफ गर्दिन भन्ने ? म के भन्दछु भने मेरो राजनीतिले तिमीलाई मद्दतै पु-याउँछ, तर एजेण्टको राजनीतिले तिमीहरुलाई नोक्सान पु-याउँछ।’
चाणक्य नीतिले भनेको छ-

आत्मवर्ग परित्यज्य परवर्ग समाश्रयोत्
स्वयमेव लयं याति यथा राज्यमधर्मत ।।
अर्थात् जहाँ न्याय र कानुनी व्यवस्थाको अभाव छ, त्यो देश विस्तारै विस्तारै नष्ट हुन्छ। आफ्नो देशसँग द्रोह गरेर अर्को देशसँग मिल्ने व्यक्तिको सर्वनास अवश्यम्भावी छ। राजनीतिमा मात्र हैन, हामीले दैनिक भोग्ने र सुन्ने आख्यानका नियति उस्तै छन्। रामायणकालीन महर्षि परशुराम यति घमण्डी र रिसाहा थिए कि जो सँग पनि लड्न तयार हुन्थे। कतिसम्म भने आफ्ना पिताजी क्षेत्रीयसंगको युद्धमा मारिएपछि उनले क्षेत्रीलाई विद्या नै नसिकाउने संकल्प गरे। आखिर आख्यानको त्यही हठी परशुराम पात्रका अवतारहरुले अहिले पनि समाजमा विचित्र लीला देखाइरहेका छन्।

यी पात्रहरु कतै गुण्डागर्दीको कमाइमा कानुन आफ्नो मुट्ठीमा कैद गर्ने अघोरी त कतै जातीय नारा उचालेर वर्ग विभाजनको अभियन्ता बन्दै हिँडिरहेका छन्। समाधानमा पनि समस्याको बखेडा झिक्नु यिनीहरुको खेलो फड्को बन्दै आएको छ। त्यतिबेलै किताब लेख्ने, स्वर्ग मत्र्य सुनको सिंढीले जोड्ने महत्वाकांक्षी रावण राक्षस बनाइए। तर सत्यको जामा लगाएका हामीमा त्यो रामराज्यदेखि यो रामचन्द्र राज्यसम्म आउँदा उही गरिवी, उही आर्तनाद छ।

अहिले पनि रामका थुप्रै सीता न्याय माग्न शक्तिकेन्द्रको घरदैलो धाइरहेका छन्। राज्यको जीवनमा गरिने सानो गल्तीले शाखा दरसन्तानको भविष्य अन्धकारमा धकेलिन्छ। देश रत्नपार्कमा बेच्न राखिएको ओखतीको विज्ञापन शैलीले चल्दैन।

अहिले पनि रामका थुप्रै सीता न्याय माग्न शक्तिकेन्द्रको घरदैलो धाइरहेका छन्। राज्यको जीवनमा गरिने सानो गल्तीले शाखा दरसन्तानको भविष्य अन्धकारमा धकेलिन्छ। देश रत्नपार्कमा बेच्न राखिएको ओखतीको विज्ञापन शैलीले चल्दैन। देशका योजनाले ५० वर्षपछि जन्मिनेको हक अधिकार सुरक्षित राख्ने हैसियत देखाउनु पर्छ। हाम्रो राजनीतिको जमिन कृतार्थ कम कृतघ्न बढी छ। एउटा व्यक्तिको लहड र पागलपनले पुस्तौं पुस्ता घायल पार्दासम्म त्यसको उपचार खोज्ने जाँगर कसैले गरेको पाइन्न।

तीर्थाटनमा भारतबाट आएकी एउटी विधवी भित्र्याउने रणबहादुर शाहको पागलपनले शाहवंशको शासकीय परम्पराको बाटो नै बद्लियो। उनको पागलपनको छिनाझम्टीमा कति मारिए, त्यसको लेखाजोखा छैन्। बीपी कोइरालाले विश्वास गरेर पार्टीको तालाचापी जिम्मा लगाएका तुलसी गिरी, परशुनारायण चौधरी, विश्वबन्धु थापा, श्रीभद्र शर्मा जस्ता नेताहरु उत्तराद्र्धमा राजा महेन्द्रका विश्वासपात्र भए। बीपीसंग सचिलो देखिएर राजा महेन्द्रको एजेन्ट बनेर रहस्यमय नाटक खेलेका रमेशनाथ प्रवृत्तिले जीपी हुँदै प्रचण्डसम्मलाई सम्मोहनको टुनामा बाँध्न सफल भयो। यस्तै मास्टरकार्डका कारण नेपालको राजनीति मुर्छित हुँदै ब्युँझदै गर्ने गरेको छ।

भनिन्छ , खान नपाएर भन्दा खान नजानेर विश्वमा धेरै मानिसले अकालमा ज्यान गुमाउँछन्। पञ्चतत्वले बनेको त्यही शरीर धान्न एउटा वर्ग खुर्सानीसंग ढिंडोरोटो चपाउँछ। अर्को भात खान्छ। र त्यो भन्दा अलग एउटा परिवारको झुण्ड छ, जो लन्च, डिनर सब भ्याउँछ। खाने लाउने उसको वयक्तिक अधिकार हो। तर आपत्ति चाहिँ कहाँ हो भने यस्तै मानिसहरु हुन, जसले गरिबी निवारण गर्ने योजनाको मूलकपी बनाउँछन्। गाउँको गानोगोला शहरको ग्यास्टिक हो भन्ने तथ्यले यस्ताको ह्याकुलामा प्रवेश पाएको हुँदैन। राजा त्रिभुवन हाम्रा जनता जाबो दूध भात पनि खान पाउँदैनन त भनेर अचम्म मान्थे रे ! बालकृष्ण समले हामी बालवयमा ऐंसेलुको झाडीमुनि लुकेर प्रेमालाप गर्थ्यौं भनेर लेख्नु पछाडिको रहस्य उकास्ने र खँदार्नेहरुको बहादुरी नै हो।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १० : १७ बजे

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण गरिँदै

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाड‌ौं -दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प

धरहराबाट एक महिनामा ५५ लाख राजस्व सङ्कलन

काठमाडौं – विसं.. २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः

गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने

काठमाडौं – गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका