कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य | Khabarhub Khabarhub

एनपीएल क्रिकेट

कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाज र कर्णाली याक्सको खेल जारी रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले काठमाडौंसामू १ सय ५० रनको लक्ष्य दिएको छ ।

कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका ओपनर शिखर धवनले ७२ रनको अर्धशतकीय पारी खेले । एनपीएलमा धवनको यो पहिलो अर्धशतक हो । यस्तै, चाल्डिक वाल्टनले २१, जिशान मक्सुद १४, बाबर हायत १३ तथा गुलशन झाले १२ रन जोडे ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कँडेल र करण केसीले एक–एक विकेट लिए ।

यसअघि एकएक खेल खेलेका कर्णाली र काठमाडौं दुवै टिम जितबिहीन छन्। दुवै टोली पहिलो जितको खोजीमा छन्।

कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १० : ४५ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन