चितवनमा दोस्रो दिन रविको बयान सुरू, आजै सक्ने प्रयास « Khabarhub

चितवनमा दोस्रो दिन रविको बयान सुरू, आजै सक्ने प्रयास


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान दोस्रो दिन चितवनमा सुरू भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा रविको बयान बिहा ९ बजेदेखि सुरु भएको हो ।

मंगलबार अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको भए पनि नसकिएको भन्दै आज पनि बयान लिइएको हो ।

सहकारी ठगीमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछाने कास्की, रूपन्देही, काठमाडौं हुदैँ चितवनमा बयानका लागि हिजो लगिएको थियो ।

तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछाने माथी बिभिन्न सहकारीवाट रकम लगेको आरोप छ, सोही सिलसिलामा उनी झन्डै एक महिना देखी प्रहरी हिरासतमा रहेका छन् ।

गितेन्द्रबाबुर राई (जीबी) संलग्न चितवनस्थित साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ । त्यही प्रकरणमा बयानका लागि उनलाई काठमाडौंबाट चितवन लगिएको हो ।

गत असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी नगरे पनि मंसिरमा हालिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जनाविरुद्ध सहकारीको रकम हिनामिना गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : १७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल