कर्णालीको दोस्रो हार, काठमाडौं ३ विकेटले विजयी « Khabarhub

कर्णालीको दोस्रो हार, काठमाडौं ३ विकेटले विजयी


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ ।

बुधबार त्रिवि क्रिकेट स्टेडियममा भएको भिडन्तमा काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले हराएको हो ।

पहिले ब्याटिङ गर्दै शिखर धवनको ७२ रनको योगदानमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती दिएको थियो ।

कर्णालीका लागि नटआउट रहेका शिखरले ५२ बलमा ७२ रनको शानदार पारी खेलेका थिए । तर काठमाडौंका करण केसीको विस्फोट ब्याटिङले उनको प्रदर्शन पनि ओझेलमा पारिदियो ।

काठमाडौंको जितमा नटआउट रहेका सुमित महर्जनले ३७ बल सामना गर्दै ४० रनको योगदान दिए ।

त्यसैगरी जेर्राड इरास्मसले २८ बलमा ३८ रनको योगदान गरे । उता मिचेल लेभिटले १९ बलमा २२ रन बनाए। कप्तान एवम् अलराउन्डर करणले काठमाडौंका लागि १० बलमा २८ रनको विस्फोटक ब्याटिङ गरेपछि खेल कर्णालीको हातबाट उम्किएको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले काठमाडौंसामू १ सय ५० रनको लक्ष्य दिएको थियो ।

कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । कर्णालीका ओपनर शिखर धवनले ७२ रनको अर्धशतकीय पारी खेले ।

एनपीएलमा धवनको यो पहिलो अर्धशतक हो । यस्तै, चाल्डिक वाल्टनले २१, जिशान मक्सुद १४, बाबर हायत १३ तथा गुलशन झाले १२ रन जोडेका थिए ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कँडेल र करण केसीले एक–एक विकेट लिए ।

काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो । यसअघि कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले ८ विकेटले पराजित गरेको थियो ।

चितवन राइनोजसँग पहिलो खेलमा पराजित काठमाडौंले यो प्रतियोगितामा पहिलो जित निकालेको छ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : ३२ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको