दोलखामा यस वर्ष धान उत्पादन घट्यो « Khabarhub

दोलखामा यस वर्ष धान उत्पादन घट्यो


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादकत्वमा कमी आएको छ । कृषि ज्ञान केन्द्र रामेछापको तथ्यांकअनुसार गत वर्ष दोलखामा ८ हजार ३ सय ८६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ४ सय ३७ मेट्रिक टन धान उत्पादन घटेको हो।

समग्रमा  जिल्लाभर यस वर्ष ७ हजार ९ सय ४९ मेट्रिक

टन मात्रै धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापकी बाली विज्ञ शर्मिला फुयाँलले बताइन्। दोलखामा लगातार खेती योग्य जमिन बाझो बस्दा उत्पादन घट्दै गएको उनले सुनाइन्।जिल्लाभर यस वर्ष २९ सय १७ हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो।

गत वर्ष आंशिक धान उत्पादन वृद्धि भए पनि यस वर्ष ४ सय ३७ मेट्रिक टन धान उत्पादन घटेको हो। कृषि ज्ञान केन्द्र रामेछापको तथ्यांकलाई हेर्दा २०७८/७९ मा २ हजार ९ सय १ हेक्टर क्षेत्रफलमा ७ हजार ६ सय ८८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै २०७९/८० मा ७ हजार ९१ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष जिल्लामा ८ हजार ३ सय ८६मेट्रिक टन धान उत्पादन भएको थियो।

लगातार धान उत्पादन घट्नुको मुख्य कारण सिचाइ अभाव तथा खेतीयोग्य जमिन बाझो रहनु र किसानले धान बालीमा लगाउने मल अभाव हुनु तथा  धानमा लाग्ने रोग किरा नियन्त्रण नहुँदा उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र रामेछापका बाली संरक्षक बाली विज्ञ डम्बर नारायण दाहालले बताए।

उत्पादन घट्नुको अर्को कारण तराई क्षेत्रमा हुने धानको बिउ र मध्य पहाडका लागि सिफारिस गरिएको धानको बिउ किसानले पहिचान नगरी लगाउँदा हिमाली जिल्ला दोलखाका बेँसीफाँटमा धान उत्पादनमा कमी आएको दाहालले बताए ।

दोलखाको नौ पालिकामध्य मेलुङ,भिमेश्वर, वैतेश्वर र तामाकोशी गाउँपालिकामा धेरै धान उत्पादन तथा खेती हुने गरेको छ।अन्य पालिकामा भने सामान्य धान खेती हुने गरेको छ।

-सुबास बस्नेत

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : १४ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने