माओवादी अध्यक्ष प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान | Khabarhub Khabarhub

माओवादी अध्यक्ष प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई ‘गणतन्त्र नायक सम्मान’ दिइएको छ ।

गणतन्त्र सेनानी कोषले उनलाई बुधबार उक्त सम्मान गरेको हो । देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे सशस्त्र संघर्षको पहल र नेतृत्व गरेको भन्दै उनलाई उक्त सम्मान दिइएको हो ।

जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई अघि बढाउन नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान दिइएको कोषले जनाएको छ।

कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो।

कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरू नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ।

कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ। बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउँदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ३ : १७ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका