सानो पाइलामा ३३ करोड हिनामिना : फरार जीबी, रवि र छविसहित १४ जना तानिए « Khabarhub

सानो पाइलामा ३३ करोड हिनामिना : फरार जीबी, रवि र छविसहित १४ जना तानिए


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सास्थित सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका फरार साझेदार गितेन्द्रबाबु राई (जीबी) सहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।

जिल्ला अदालत पर्साले बुधबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरूद्ध सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ अनुमति मागेको थियो ।

‘हामीले पक्राउ अनुमति मागेका थियौँ । जिल्ला अदालतले पूर्जी जारी गरेको छ,’ पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले भने।

जीबी राईले खोलेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको स्वर्णलक्ष्मी, भरतपुरको सहारा र पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित जोशी र खनाल कास्की प्रहरीको हिरासतमा छन्।

लामिछानेलाई पोखराबाट चितवन लगेर जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिनदेखि बयान लिने क्रम जारी छ । त्यहीक्रममा बुधबार रविका समर्थकले बयान चलिरहँदा बबाल गरेका छन् । त्यसक्रममा ५० भन्दा धेरै प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा जीबी, रवि र छविसहितविरुद्ध ४३७ जनाले जाहेरी दिएका छन्।

उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेको छ। त्यही ठगीको अहिले पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ।

उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा तानिएको थिएन । अब पक्राउ पुर्जी जारी भएकाले दुवैजनालाई चितवनपछि बयानका लागि पर्सा लगिनेछ ।

सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जीबी, छवि, रवि र कुमार रम्तेल हुन्। रम्तेल अहिले कास्की जेलमा छन् । उता जीबी मलेसियामा लुकेको बताइए पनि अहिलेसम्म फेला परेका छैनन् ।

यता पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले बयान लिइसकेका छन् । अब पाँचौँ सहकारी ठगी प्रकरणमा बयानका लागि उनीहरूलाई पर्सा लगिने छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ६ : २५ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले