भारतले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने « Khabarhub

भारतले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने जनाएका हुन ।

सामाजिक सञ्जाल एक्स मार्फत जयशङ्करले नेपाली क्रिकेट टोलीका पदाधिकारी तथा सदस्यसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको भन्दै नेपालमा क्रिकेटको विकासका लागि सहयोग गर्ने बताएका हुन ।

नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, क्रिकेट टोलीका कप्तान रोहीत पौडेल सहित क्यानका पदाधिकारी र खेलाडीसँग जयशङ्करले भेट गरेका थिए । उक्त भेटलाई लिएर क्यानका सचिव खड्काले खुसी व्यक्त गरेका छन् ।

नेपालले यसैवर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्दैछ । विश्वकपको पूर्वसन्ध्यामा जयशङ्करले क्रिकेट टोलीलाई सहयोग गर्ने बताएका हुन ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ११ : ५९ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको