सोमालियामा १५ भारतीय सवार कार्गो जहाज अपहरित | Khabarhub Khabarhub

सोमालियामा १५ भारतीय सवार कार्गो जहाज अपहरित


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मोगादिशु- सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लिला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ ।

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रबार बताएका छन् ।

सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन् ।

भारतीय नौसेनाको विमानले जहाजमा निगरानी राख्दै आएको छ । भारतीय नौसेनाको युद्धपोत आईएनएस चेन्नई स्थितिको सामना गर्न अपहरण गरिएको जहाजतर्फ अघि बढिरहेको अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  २ : ०६ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो