अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ « Khabarhub

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । सर्वोच्च अदालतले प्रचण्डले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो ।

तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले अदालत शान्ति सम्झौताविपरीत जान लागेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ३२ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने