कर्णालीलाई समृद्ध बनाउन एक हुनुपर्छ : मन्त्री खड्का « Khabarhub

कर्णालीलाई समृद्ध बनाउन एक हुनुपर्छ : मन्त्री खड्का


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउन एकताका साथ अगाडि बढाउनुपर्ने बताएका छन् । कर्णालीको विकास गर्ने जिम्मेवारी सबैको रहेकाले विकासका एजेन्डालाई एकताका साथ अघि बढाउनुपर्ने बताएका हुन् ।

शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भए भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा मन्त्री खड्काले राजनीतिज्ञले जनताको साथ लिएर सम्पूर्ण शक्ति प्रयोग गरी एकताबद्ध भइ विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

नेतृत्व लिने कुरा महत्वपूर्ण नभएको भन्दै उनले कमजोरीलाई स्वीकार गरी नयाँ सङ्कल्प र विश्वासका विकासका लागि एकजुट हुन आग्रह पनि गरे । राजनीतिक आस्था फरकफरक भए पनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुनपर्ने उनको भनाइ थियो ।

प्राथमिकतामा कुनै तलमाथि भए पनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान तथा अन्य विकास निर्माणमा कुनै विवाद नभएको उनले उल्लेख गरे । उनले जलस्रोतको उपयोग गर्न लगानीकर्तासँग समझदारी भइरहेको समेत सो अवसरमा जानकारी दिए । “जलविद्युत् क्षेत्रका लगानीकर्ताका लागि बजारको सुनिश्चितता हुने गरी काम भएका छन्”, उनले भने, “यसमार्फत कर्णालीको विकासमा सहयोग पुग्नेछ ।”

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ५७ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा