स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : मन्त्री गुरुङ « Khabarhub

स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ : मन्त्री गुरुङ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धनका लागि नेपालभित्रकै उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएकी छिन्  ।

आज भृकुटीमण्डपमा आयोजित ‘नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी’ अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले नेपालको उत्पादनलाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको बताइन् ।

“सकेसम्म नेपालमै उत्पादित वस्तु प्रयोग गर्नुपर्ने नीति सरकारले बनाएको छ । तर त्यसको कार्यान्वयनको प्रभावकारिता देखिँदैन”, उनले भनिन्, “हामीले चाहने हो भने असम्भव केही छैन । नेपालमै उत्पादित काष्ठजन्य वस्तुलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धी बनाउन सरकारका तर्फबाट पनि सहुलियतलगायतका व्यवस्था हुन आवश्यक छ ।”

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका, २०७१ जारी भएयता सार्वजनिक निकायले आफूले उपयोग गर्ने वस्तु स्वदेशभित्रै उत्पादित हुनुपर्ने व्यवस्था छ । स्वदेशी उद्योग तथा व्यवसायको प्रवर्द्धनका लागि यस्तो निर्देशिका ल्याइएको भए पनि त्यसको कार्यान्वयनमा भने समस्या रहेको उनको भनाइ छ ।

नेपालमा उत्पादित वस्तुको विश्वसनीयता कम हुने र विदेशी वस्तु भन्नेबित्तिकै राम्रो गुणस्तरको हुन्छ भन्ने भ्रम पनि आममानिसमा रहेको पनि मन्त्री गुरुङले बताइन् । नेपालमा उत्पादित वस्तु तथा सेवा पनि गुणस्तरीय र मूल्यमा समेत प्रतिस्पर्धी रहेको उनको भनाइ छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र भारतको फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले आयोजना गरेको प्रदर्शनी आइतबारसम्म चल्नेछ । प्रदर्शनीमा काठबाट निर्मित सामग्री, भवनको आन्तरिक साजसज्जाका सामग्रीलगायत वस्तु राखिएका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ०२ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको