सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु « Khabarhub

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको स्थानीयले बताएका छन् ।

स्थानीयले प्रहरीको गोली लागेर मृत्यु भएको बताए पनि यसको पुष्टि भइसकेको छैन । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेका अनुसार मृत्यु भएको जानकारी प्राप्त भए पनि के कारणले मृत्यु भएको हो भन्ने यकिन नभएको बताए ।

प्रदर्शन स्थलमा मोटरसाइकले साइकलमा सवार एक जनालाई ठक्कर दिएको खबर पनि आएको भन्दै घिमिरेले प्रहरीको गोली लागेर वा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको भन्ने यकिन नभएको बताए ।

घटनाको अनुसन्धानका लागि स्थानीयले प्रहरीलाई घटनास्थलमा जान नदिएको बताइएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ०६ बजे

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित