ज्यान मार्ने धम्की दिएर पैसा मागेकाे आरोपमा एक जना पक्राउ « Khabarhub

ज्यान मार्ने धम्की दिएर पैसा मागेकाे आरोपमा एक जना पक्राउ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

रौतहट– ज्यान मार्ने धम्की दिई रकम मागेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फतुवा बिजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साह रहेका छन् ।

एक व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने धम्की दिई ५ लाखदेखि ५० लाख रुपैयाँसम्म रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ । उनी उपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको