ज्यान मार्ने धम्की दिएर पैसा मागेकाे आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

ज्यान मार्ने धम्की दिएर पैसा मागेकाे आरोपमा एक जना पक्राउ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

रौतहट– ज्यान मार्ने धम्की दिई रकम मागेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फतुवा बिजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साह रहेका छन् ।

एक व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने धम्की दिई ५ लाखदेखि ५० लाख रुपैयाँसम्म रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ । उनी उपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ५१ बजे

काभ्रेपलाञ्चोक अदालतद्वारा तीन सय ८८ वर्ष कैद असुल

काभ्रेपलाञ्चोक– जिल्ला अदालतले एक वर्षमा विभिन्न मुद्दाका प्रतिवादीबाट तीन सय

संविधान संशोधनले मात्र राजनीतिक स्थिरता ल्याउँदैन : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा

देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं– पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

चितवन– प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन : सञ्चालनमा

मान्म– कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर