भारतसँग भएका सम्झौताबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो « Khabarhub

भारतसँग भएका सम्झौताबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीसँग जानकारी लिने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सहमति र सम्झौताका विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको हो ।

बैठकमा केही समिति सदस्यहरुले नेपाल र भारतबीच भएका केही सम्झौता मुलुकको हितविपरीत हुनसक्ने भएकाले सरकारसँग जानकारी माग गर्नुपर्ने धारणा राखेका थिए । सांसदहरुको मागपछि समिति सभापति विमला सुवेदीले सम्झौताका विषय समितिको पनि क्षेत्राधिकार भएकाले यसबारे प्रधानमन्त्रीलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको बताइन् ।

बैठकमा समिति सदस्य महेश बर्तौलाले नेपाल र भारतबीच भएको सम्झौतामाथि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको बताए । उनले समानान्तर सरकारको अभ्यास गर्ने गरी भारतलाई अधिकार दिएको भन्ने कुरा पनि आएकाले सम्झौताबारे प्रधानमन्त्रीले समितिमा जानकारी गराउनुपर्ने बताए ।

त्यस्तै, समिति सदस्य सन्तोष परियारले अन्तर्राष्ट्रिय सहमति सम्झौता समितिको कार्यक्षेत्रभित्र पर्ने भएकाले भारतसँग भएका सहमतिबारे जानकारी लिनुपर्ने बताए । उनले सरकारले राज्यलाई लामो समयसम्म असर पर्ने कुनै पनि सन्धी सम्झौता गर्न नहुने उल्लेख गरे ।

अन्य समिति सदस्यहरुले पनि भारतसँग भएको सहमतिका बारेमा प्रधानमन्त्रीले समितिमा आएर प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ३४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक