सेनाले बुटवल उपमहानगरलाई बुझायो जितगढी किल्ला | Khabarhub Khabarhub

सेनाले बुटवल उपमहानगरलाई बुझायो जितगढी किल्ला

जितगढीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बुटवल- राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्ने बताएका छन् । उनले जितगढी नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताए ।

बुटवल उपमहानगरपालिका–१ स्थित ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले आज बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान पुग्ने बताए ।

राष्ट्रपति पौडेलले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्णस्थल भएको र किल्लाको समयानुकूल प्रचारप्रसार र प्रवर्द्धन गर्दै पर्यटकीयस्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजना अगाडि बढाएकामा खुसी व्यक्त गरे । “यसका लागि अब बुटवल उपमहानगरपालिकाले विशेष भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु”, उनले भने । नेपाली सेनाले तीनवटै तहका सरकारसँग मिलेर जितगढी पुनिर्माणसम्बन्धी गुरुयोजनाअनुसार काम गरिरहेकोमा खुसी व्यक्त गरे ।

राष्ट्रपति पौडेलले आगामी दिनमा यो किल्लालाई नेपाल–अङ्ग्रेज युद्धको अध्ययन–अनुसन्धान गर्ने र पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, “बुटवल उपमहानगरपालिका, प्रदेश तथा सङ्घीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन आग्रह गर्दछु ।”

नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको राष्ट्रपति पौडेलले बताए । “नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य नेपाली सेनाले गर्दै आएको छ”, उनले भने ।

राष्ट्रपति पौडेलले बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने र बुटवलसहितका नगरलाई जोडेर बृहत् सहर बनाउने जनप्रतिनिधिको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गरे । किल्लाको पुनःनिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले संरक्षण गन अपेक्षा गरेको राष्ट्रपति पौडेल बताए ।

प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्लाको साँचो हस्तान्तरण गरेका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटीकयस्थलको प्रवर्द्धन गर्नुपर्ने बताए । उनले सङ्घले आवश्यक कानुन र अधिकार प्रदेशलाई नदिँदा समस्या भइरहेको बताए । मुख्यमन्त्री चौधरीले सङ्घीयताको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि संविधान कार्यान्वयनका लागि केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई अनुरोध गरे ।

नगरप्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अङ्कित हुलाक टिकट जारी गर्न केन्द्र सरकारसँग माग गरे ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना रहेको बताइन् । जितगढीको ऐतिहासिक महत्वबारेमा इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ५५ बजे

सुन्दरीघाटबाट पुनः पानी वितरण

काठमाडौं–  खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको किर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी

‘हिराको कण’ ले जलवायु परिवर्तनको असर रोक्ने

काठमाडौं– औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन् ।

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे

इजरायली आक्रमणमा तीन पत्रकारको मृत्यु

एजेन्सी – पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको

पोखरा र काठमाडौंको आन्दोलनबारे अनौपचारिक छलफलमा रास्वपा नेताहरू 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौंको माइतीघर र कास्कीको पोखरामा