एमालेमा ६ केन्द्रीय सदस्य थपिए « Khabarhub

एमालेमा ६ केन्द्रीय सदस्य थपिए


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्य थपिएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुने ६ मध्ये ५ जना पार्टीको प्रदेश समितिका पूर्वअध्यक्षहरु रहेका छन् । मनोनित हुने प्रदेश पूर्वअध्यक्षमा कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, मधेसका रामअवतार यादव, बागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिमका दामोदर भण्डारी रहेका छन् ।

त्यसैगरी, बैठकले झापाका जिल्ला अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ०६ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६