एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने « Khabarhub

एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दर्ता गराउने भएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल गर्दै पुष २३ गते १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागिएकोमा सिफारिस भएर आएका नामबारे प्रारम्भीक छलफल भएको जानकारी दिए ।

उनले सिफारिस भएर आएका नामलाई टुङ्गो लगाएर १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको बताए । त्यस्तै, बैठकले भारतसँग भएका केही सहमतिप्रति पनि असन्तुष्टि जनाएको छ ।

राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो हुन नसकेकाले भारतसँग भएका सम्झौतका बारेमा जानकारी गराउन सरकारसँग माग गरिएको महासचिव पोखरेलले बताए ।

त्यस्तै, सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

यो पनि

एमालेमा ६ केन्द्रीय सदस्य थपिए

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार