‘धरान डे’ : प्रधानमन्त्री प्रचण्ड नगएपछि मेयर बालेन्द्र बने अतिथि « Khabarhub

‘धरान डे’ : प्रधानमन्त्री प्रचण्ड नगएपछि मेयर बालेन्द्र बने अतिथि


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

धरान- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने प्रयास असफल भएपछि शुक्रबार धरानमा आयोजित ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पुगेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको विशेष निम्तोमा मेयर शाह अतिथिका रुपमा धरान पुगेका हुन् ।

स्वतन्त्र रुपमा निर्वाचित काठमाडौं र धरानका मेयरहरु सामाजिक सञ्जालमा निकै सक्रिय मानिन्छन् । दुबै मेयरका काम र भनाइले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ ।

पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित उद्घाटन समारोहको मञ्चमा काठमाडौं र धरानका मेयरहरु एकैसाथ देखा परेका थिए । यसअघि उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा धरानका मेयर र उपमेयरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए ।

तर, भारतीय विदेशमन्त्री एस. जयशङ्करको नेपाल भ्रमणको समयमा ‘धरान डे’ सुरु भएकाले प्रचण्ड धरान जान नपाएको बताइएको छ । प्रधानमन्त्री धरान आउन नसक्ने भएपछि आक्रोशित हुँदै मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर हटाएर किराती राजा यलम्बरको तस्बिर राखेका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया