प्रधानमन्त्री कप छनोट: स्याङ्जा विजयी | Khabarhub Khabarhub

प्रधानमन्त्री कप छनोट: स्याङ्जा विजयी


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कास्की – आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट प्रतियोगिताको आजको खेलमा स्याङ्जाले बागलुङमाथि एक सय ४१ रनको जित दर्ता गरेको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको खेलमा ‘म्यान अफ दी म्याच’ घोषित ईश्वर क्षेत्रीले एक सय ४४ रनको योगदान दिएपछि स्याङ्जाले सहज जित निकालेको हो ।

बाग्लुङ भने आफ्नो दोस्रो खेलमा पनि पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबारको उद्घाटन खेलमा बागलुङ कास्कीसँग एक सय ५३ रनले पराजित भएको थियो ।

बागलुङविरुद्ध टस जितेर व्याटिङ सुरुआत गरेको स्याङ्जाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ४४ रनको विशाल योगफल तयार गरेको थियो । जितका लागि तीन सय ४५ रनको विशाल लक्ष्य पछ्याएको बागलुङले निर्धारित ५० ओभर पूरा खेल्दै आठ विकेटको क्षतिमा दुई सय तीन रनमात्रै बनाउन सक्यो ।

स्याङजाका व्याट्सम्यान अश्विन रानाले ३८ बलमा ४४ रन, सन्दीप खत्री क्षेत्रीले ३२ र करन पङ्गेनीले २८ रनको योगदान दिए । बागलुङका लागि अर्जुन रायमाझीले १० ओभरमा ३० रन दिएर तीन विकेट हात पार्दा अङ्कित न्यौपानेले दुई विकेट लिए ।

बागलुङका लागि अर्जुन रायमाझीले ७० र दीपेश कुँवरले ५४ रनको अर्धशतकिय पारी खेल्नुभयो । स्याङजाका बलर तुलसीराम भण्डारीले तीन र अङ्कित न्यौपानेले दुई विकेट लिए। प्रतियोगिताको समूह ‘ए’मा रहेका कास्की र स्याङ्जाको समान दुई–दुई अङ्क भएको छ । बागलुङ भने कुनै पनि अङ्क नजोडेर बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत शनिबार हुने कास्की र स्याङ्जाबीचको खेलले समूह विजेताको टुङ्गो लगाउने छ ।

समूह विजेताले फाइनल खेल्नेछ । प्रतियोगिता समूह ‘बी’मा तनहुँ, नवलपुर र पर्वत छन् । प्रतियोगिताको फाइनल खेल यही पुस २५ गते सञ्चालन हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । गण्डकी प्रदेशमा जिल्लास्तरीय छनोट प्रतियोगितापछि प्रादेशिक छनोट सञ्चालन गरिएको सिग्देलले बताए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : १७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस