आजपाद्वारा सर्लाही घटनाको भर्त्सना « Khabarhub

आजपाद्वारा सर्लाही घटनाको भर्त्सना


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले सर्लाहीको बरहथवामा स्थानीय जयशंकर साहको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिकोलागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै जारी शान्तिपूर्ण प्रदर्शनको क्रममा शुक्रबार गोली लागेर बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो ।

प्रशासनको निर्मम हस्तक्षेपमा प्रहरीको गोली लागी स्थानीय जयशंकर साहको मृत्यु भएको र अन्य केहि घाईते पनि हुने जस्तो दुखद घटना हुनु आपत्तिजनक एवं निन्दनीय भएको आजपाले बताएको छ ।

‘सर्वप्रथम, यस घटनाका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै घटनाको घोर भर्तस्ना समेत गर्दछु’ आजपाका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साह (सीबी) ले विज्ञप्ती निकालेर भनेका छन् ।

पछिल्लो समय न्याय प्राप्तिका लागी हुने विभिन्न शान्तिपूर्ण संघर्षहरुमा पटक पटक राज्य पक्षद्वारा भईरहेको निर्मम एवं अमानवीय दमनकारी हर्कतहरुले सरकार निरंकुशताको पथमा अग्रसर रहेको पुष्टि हुँदै गएको प्रवक्ता साहले बताएका छन् । उनले, यो घटनाको सम्बन्धमा उच्च स्तरीय न्यायिक समितिमार्फत छानबिनको माग समेत राखेका छन् ।

‘देशमा भईरहेको यी र यस्ता अपराधीक घटनाहरुको यथार्थ कारण पता लगाउन तत्काल उच्च स्तरीय न्यायिक समिति निर्माण गरी यसमा प्रत्यक्ष एवं परोक्ष रुपमा संलग्न सबै अपराधीहरुलाई हदैसम्मको कानूनी कार्यवाही गर्न’ विज्ञप्ती मार्फत माग गरिएको छ । मृतक परिवारलाई राहत स्वरूप उचित क्षतिपूर्तिको व्यवस्था गर्दै सम्पूर्ण घाईतेहरुको निशुल्क उपचारको समुचित प्रबन्ध गर्न आजपाले तीनै तहका सरकारहरु सहित सम्बन्धित सबै निकायसंग जोडदार माग समेत गरेको छ ।

यता, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै सर्लाहीमा कफ्र्यू लगाएको बताएका छन् । उनका अनुसार बेलुका शुक्रबार साँझा साढे ५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म कफ्र्यू लगाइएको छ ।
कफ्र्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न, भेला हुन र बाहिर हिलडुल गर्न पाउने छैनन् ।

यो पनि…

सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु

बरहथवा प्रदर्शन : सर्लाही प्रशासनले लगायो कर्फ्यू

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : १९ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको