मायादेवी दानपेटिकाबाट एक करोड भेटी सङ्कलन « Khabarhub

मायादेवी दानपेटिकाबाट एक करोड भेटी सङ्कलन


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट रु एक करोड छ लाख ४० हजार भेटी सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ अन्तर्गत दोस्रोपटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा यही पुस १७ गते दानपेटिका खोलिएको थियो ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ । सङ्कलित दान पारदर्शी बनाउनेगरी गणनाको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

पछिल्लो समय लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । यसअघि कात्तिकमा खोलिएको यो आर्थिक वर्षको पहिलो दानपेटिका गणनाबाट रु ६४ लाख ७६ हजार नौ सय ६० सङ्कलन भएको थियो ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : ५७ बजे

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको