आज २०८० साल माघ २२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल माघ २२ गते सोमबारको राशिफल


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २२ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी ५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। पुराना साथीसँगको भेटले दिन रमाइलो हुनेछ। लगानी गरेका ठाउँमा आम्दानी बढ्नेछ । पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल हुनेछ। आय भन्दा खर्च बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक हुन्छ। मासु र मदिराको लतमा रहेका साथीसँग सचेत हुनु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

कर्कट : दिन सामान्य छ। झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। नजिकका आफन्तबाट असहयोग हुनेछ। आजको दिन हनुमानको भजन मात्र सुने पनि काममा देखिएको अवरोध खुल्नेछ। परिवारको साथ पाइनेछ। प्रेम सम्बन्ध राम्रो बन्नेछ।

सिंह : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमुक्त हुने योगे छ। हरेक क्षेत्र सबल छन्। परिवारका सदस्यको गुनासो सुन्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा लाभ प्राप्त हुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। तर्साएर सफल बन्न खोज्नेसँग जोगिएर काम गर्नु राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। समय सदुपयोग गर्नु राम्रो हुन्छ। समय नबुझेकै कारण परिवारसँग झगडा हुनसक्छ। धार्मिक र सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य छ। राम्रो कामको जस अरुले नै लिन खोज्छन्। आफ्ना भनेकाबाट धोखा हुने खतरा छ। साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारको तर्फबाट भने राम्रो साथ मिल्नेछ।

धनु : दिन राम्रो छ। सभा–समारोह वा व्यवहारिक काममा थोरै बोलेको राम्रो हुनेछ। अन्य क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

मकर : दिन सामान्य छ। अचानक खर्च बढ्नेछ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवारको साथले गर्दा दिन भने खुशीका साथ बित्नेछ।

कुम्भ : समय सामान्य राम्रो छ। बोल्न नजान्दा शब्दको जालमा फस्ने योग रहेको छ। थोरै र अर्थपूर्ण शब्द बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। नसोची गरेको लगानीले घाटा हुनसक्छ। जानकार वा विज्ञसँग सल्लाह गरेर काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ५ : १३ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख