आज २०८० साल माघ २२ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल माघ २२ गते सोमबारको राशिफल


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २२ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी ५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। पुराना साथीसँगको भेटले दिन रमाइलो हुनेछ। लगानी गरेका ठाउँमा आम्दानी बढ्नेछ । पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल हुनेछ। आय भन्दा खर्च बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक हुन्छ। मासु र मदिराको लतमा रहेका साथीसँग सचेत हुनु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

कर्कट : दिन सामान्य छ। झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। नजिकका आफन्तबाट असहयोग हुनेछ। आजको दिन हनुमानको भजन मात्र सुने पनि काममा देखिएको अवरोध खुल्नेछ। परिवारको साथ पाइनेछ। प्रेम सम्बन्ध राम्रो बन्नेछ।

सिंह : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमुक्त हुने योगे छ। हरेक क्षेत्र सबल छन्। परिवारका सदस्यको गुनासो सुन्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा लाभ प्राप्त हुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। तर्साएर सफल बन्न खोज्नेसँग जोगिएर काम गर्नु राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। समय सदुपयोग गर्नु राम्रो हुन्छ। समय नबुझेकै कारण परिवारसँग झगडा हुनसक्छ। धार्मिक र सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य छ। राम्रो कामको जस अरुले नै लिन खोज्छन्। आफ्ना भनेकाबाट धोखा हुने खतरा छ। साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारको तर्फबाट भने राम्रो साथ मिल्नेछ।

धनु : दिन राम्रो छ। सभा–समारोह वा व्यवहारिक काममा थोरै बोलेको राम्रो हुनेछ। अन्य क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

मकर : दिन सामान्य छ। अचानक खर्च बढ्नेछ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवारको साथले गर्दा दिन भने खुशीका साथ बित्नेछ।

कुम्भ : समय सामान्य राम्रो छ। बोल्न नजान्दा शब्दको जालमा फस्ने योग रहेको छ। थोरै र अर्थपूर्ण शब्द बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानी भए फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। नसोची गरेको लगानीले घाटा हुनसक्छ। जानकार वा विज्ञसँग सल्लाह गरेर काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ५ : १३ बजे

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको

नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक

भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमानको इन्जिन स्वदेशमै बन्ने

नयाँ दिल्ली- भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा

गौर हत्याकाण्ड छानविन गर्न दिएको सर्वोच्चको आदेश आश्चर्यजनक : प्रवक्ता सुमन

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले गौर