आजदेखि संसद्को हिउँदे अधिवेशन : यस्ता छन् सम्भावित कार्यसूची « Khabarhub

आजदेखि संसद्को हिउँदे अधिवेशन : यस्ता छन् सम्भावित कार्यसूची


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय संसद्को तेस्रो अधिवेशन आज प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपतिको पत्रपछि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् ।

संघीय संसद सचिवालयका कार्यबहाक महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठक दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुनेछ ।

बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ५ : ४० बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त