म्याग्दीको दग्नाममा स्वास्थ्यचौकी भवन निर्माण | Khabarhub Khabarhub

म्याग्दीको दग्नाममा स्वास्थ्यचौकी भवन निर्माण


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो ।

भवनमा दुई आवासीय कोठासहित नौ  कोठा, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण गरिएको निर्माण व्यवसायी भूपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार, भवनको घेराबारसहित सोलारसमेत जडान गरिएको छ । उक्त भवनलाई भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री बनाइएको छ ।

बागलुङको बन्धन भगवती देभ एण्ड सायर तिलक जेबीले विसं २०७८ असारमा सो भवन निर्माणको ठेक्का लिएको थियो । अठार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि समयमै जग्गा व्यवस्थापन नहुँदा थप गरिएको आठ महिनाभित्रमा निर्माण कार्य सकेर भवन हस्तान्तरण गरिएको भवन निर्माण आयोजना कार्यालयका प्रमुख सुनिता श्रेष्ठले बताइन् ।

यसैबीच नवनिर्मित स्वास्थ्यचौकी भवनको आइतवार सांसद खमबहादुर गर्बुजाले शुभारम्भ गरे । उनले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन भवनलगायतका पूर्वाधारले सघाउने विश्वास व्यक्त गर्दै दक्ष जनशक्ति र आधुनिक मेसिन उपकरणको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

नवनिर्मित भवनबाट सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई समेत सहज भएको छ । पहिले साँघुरो कोठा भएको कच्ची भवनबाट सेवा दिँदै आएकोमा सुविधा सम्पन्न भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज हुने स्वास्थ्यचौकीकी इञ्चार्ज सुकमति गर्बुजाले बताइन् ।

 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ३४ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ